site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जापानको चर्चित बलात्कार काण्डः महिलालाई ३० हजार डलर क्षतिपूर्ति दिन आदेश

टोक्यो । एक जना पत्रकार महिलालाई अर्का एक वरिष्ठ पत्रकारले  बलात्कार गरेको भनेर जापानी अदालतमा परेको एक चर्चित मुद्दाको बुधबार टुंगो लागेको छ । 

स्थानीय अदालतले पत्रकार महिलाको पक्षमा फैसला गर्दै उनलाई ३० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनसमेत पुरुष पत्रकारलाई आदेश दिएको छ । मी टु मुभमेन्ट चलिरहेको बेलामा जापानमा परेको यो मुद्दाले निकै चर्चा पाएको थियो । 

टोक्यो ब्रोडकास्टिङ्ग सिस्टम (टीबीएस)का वाशिङटन व्युरो प्रमुख नोरियुकी यामागुचीले पत्रकार महिला शिओरी इटोलाई डिनरमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो ।  सन् २०१५मा अदालतमा मुद्धा परेकोमा त्यसको फैसला बुधबार भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३० वर्षीया इटो रोयटर्सको टोक्योस्थित कार्यालयमा इन्टर्नको रुपमा काम गर्दै आएकी थिइन् । 

उनको इन्टर्नसिप सकिन लागेकोले यामागुचीसँग टीबीएसमा  इन्टर्नसिपको सम्भावनाबारेमा बुझ्न उनी पुगेकी थिइन् ।

उनीहरुको पहिला पनि भेटघाट भएको बताइएको छ । इटो पहिला भेट्दा न्यूयोर्कमा विद्यार्थी थिइन् । दुवैले डिनर लिएपछि पत्रकार महिला रेस्टरुम गएकी थिइन् । त्यसपछि उनी बाहिर आइन् । उनी बिहान ५ बजेतिर उठ्दा बस्त्रविहीन अवस्थामा यामागुचीसँगै भेटिएको उनले सन् २०१७ मा न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा जनाएकी थिइन् ।

घटना भएको केही दिनपछि उनी प्रहरीकोमा गएकी थिइन् । प्रहरीले आफूहरुले अनुसन्धान गर्ने र यामागुचीलाई पक्राउ गर्ने जनाएको थियो । 

प्रहरीले उनीहरुलाई यात्रा गराउने ट्याक्सी चालकलाई समेत भेटेको थियो । इटो सबवेमा ओर्लन खोजेको भए पनि यामागुचीले उनलाई होटलसम्म लिएर गएको ट्याक्सी चालकले बताएका थिए ।

सुरक्षा क्यामेराको फुटेजमा यामागुचीले इटोलाई अडिन मद्धत गरिरहेको र लबिमा हिँडिरहेको देखिएको जनाइएको छ । 

तर, अभियोजकले अचानक सो मुद्दा पहिला फिर्ता लिएका थिए  तर किन भन्ने जवाफ दिएनन् ।  

इटोका समर्थकहरुका अनुसार कामागुचीको प्रधानमन्त्री शिन्जो आवेसँग राम्रो सम्बन्ध रहेको थियो । 

इटोले छुट्टै कामागुची विरुद्ध १ लाख डलर दाबी गर्दै मुद्दा दायर गरेकी थिइन् । यसैगरी यामागुचीले पनि पत्रकार महिलाविरुद्ध क्षतिपूर्तिका दाबी गर्दै मुद्दा दर्ता गरेको भए पनि आधारहीन भनेर अदालतले बुधबार खारेज गरिदिएको छ । यामागुचीले आफूले कुनै पनि गलत नगरेको जनाएका छन् । उनले इटो त्यतिबेला होसमै रहेको र यौन सम्बन्ध राख्दा अस्वीकार नगरेको अदालतलाई बयान दिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

उनले आफूले सो विषयमा चाँडो भन्दा चाँडो अदालतमा पुनरावेदन गर्ने पत्रकार सम्मेलनको आयोजना गरी जनाएका छन् । 

करिब ४ प्रतिशत बलात्कारका घटना मात्रै जापानमा प्रहरीकोमा पुग्ने गरेकोमा पत्रकारको विषयमा परेको यो उजुरीले जापानमा निकै चर्चा पाएको थियो । 

ती महिलाले बलात्कारमा परेको भनेर आफ्नो पहिचानसमेत सार्वजनिक गरेकी थिइन् । (एजेन्सी)
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १३:४७
प्रतिक्रिया दिनुहोस्