site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अत्यधिक गर्मीका कारण अष्ट्रेलियाको एउटा राज्यमा संकटकाल

अष्ट्रेलिया । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा रेकर्ड ब्रेक गर्ने गर्मीका र आगलागीका घटना बढेपछि संकटकालको घोषणा गरिएको छ ।  अष्ट्रेलियामा गएको मंगलबार अहिलेसम्मकै सबैभन्दा तातो दिन महसुस गरिएको थियो । त्यहाँको तापक्रम ४० दशमलब ९ सेन्टिग्रेड अर्थात् १०५ दशमलब ६ फरेनहाइट महसुस गरिएको थियो । 

आज बिहीबार तापक्रम अझ बढ्ने अनुमान गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यू साउथ वेल्सका अधिकारीहरुले एक महिनाको बीचमा करिब १०० आगलागीका घटनाको सामना गरेका छन् । अवस्था खराब हुँदै गएकोले सो राज्यमा एक हप्ताका लागि संकटकालको घोषणा गरिएको हो ।  सिड्नी क्षेत्रमा आजको तापक्रम पनि ४० सेन्टिग्रेडकै हाराहारीमा रहेको जनाइएको छ । 

संकटकालको घोषणा गरिएपछि समश्याका समाधानको लागि अधिकारीहरुलाई अतिरिक्त शक्ति उपलब्ध हुने गरेको छ । सन् २०१३मा औसत तापक्रम ४० दशमलब ३ सेन्टीग्रेड सम्म पुगेको थियो । (बीबीसी)

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०९:३२
प्रतिक्रिया दिनुहोस्