site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अझैसम्म २०१४ को पुरानो विन्डोज चलाइरहेको भन्दै पुटिनको चर्चा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । रुसका राष्ट्रपति भलाद्मिर पुटिनले अझैपनि २०१४ को अत्यन्तै पुरानो भर्जनको विन्डोज एक्सपी चलाउँदै गरेको तस्बिर बाहिरिएपछि यसबारे अधिक चर्चा सुरु भएको छ । क्रेम्लिनले सर्वाजानिक गरेको पुटिनको हालैका केही तस्बिरहरुमा उनले प्रयोग गर्ने आधिकारिक कम्प्युटरमा अप्रचलित विन्डोज रहेको पाइएको हो । माइक्रोसफ्टले २०१४ देखि नै एक्सपी अपडेट गर्न छाडिसकेको छ र पुराना कम्प्युटरहरुमा यसले काम गरेपनि तिनमा चलाइने सफ्टवेयरहरु सुरक्षा सम्बन्धी जोखिमका लागि अत्यन्तै संवेदनशील रहेको चेतावनी दिएको थियो । 

तर रुसले विदेशी सफ्टवेयरको प्रयोग सिमित गराउँदै आएको छ जसकारण मस्काउको प्राविधिक नीति अन्र्तगत पुटिनको कम्प्युटर अपडेट हुन नसकेको अनुमान गरिएको छ । विन्डोज एक्सपी पहिलोपटक २००१ मा रिलिज भएको थियो र त्यसैबेलादेखि रुसी सरकारले यसलाई देशको मुख्य प्राविधिक माध्यमका रुपमा प्रयोग गर्न स्वीकृति दिएको थियो । यो भन्दा अगाडि मस्काउका अधिकारीले माइक्रोसफ्टलाई सरकारी कार्यालयबाट पूर्ण रुपमा हटाइ रुसमै बनेको सफ्टवेयरले प्रतिस्थापन गर्ने योजना बनाएका थिए । यसक्रममा केही सरकारी निकायले रुसको एस्ट्रा लाइनक्स प्रणाली स्थापित पनि गराइसकेका थिए तर विभिन्न कारणवश् सो योजना सफल हुन सकेन । यसबारेमा पुटिनका प्रवक्ता, डिमीट्री पेसकोभले कुनै थप जानकारी दिएका छैनन् । 

६७ वर्षीय पुटिनले यसअघि नै धेरैपटक आफू प्रविधिप्रति व्यक्तिगत रुची नराख्ने गरेको जनाउँदै आएका छन् । उनले आफूसँग स्मार्टफोन समेत नभएको दाबी गर्ने गरेका छन् । २०१७ मा स्कुलका विद्यार्थीहरुको एउटा समुहबीच बोल्दैगर्दा उनले आफूले अत्यन्तै दुर्लभ अवस्थामा मात्र इन्टरनेटको प्रयोग गर्ने गरेको र इन्स्टाग्राम आफ्ना लागि नभएको भनि ठट्टा गरेका थिए । तर रुसकै प्रधानमन्त्री डिमीट्री मेडभेडेभले चाहिँ आइफोन चलाउने गरेका छन् भने उनको आधिकारिक इन्स्टाग्राम पेज समेत रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०६:०५
प्रतिक्रिया दिनुहोस्