विदेश

नयाँ दिल्ली । भारतका केन्द्रीय रेलमन्त्री सुरेश अंगडीले नागरिकता संशोधन कानुनको विरुद्धमा प्रदर्शन गरिरहेका व्यक्तिले देशको अर्थ व्यवस्थालाई अस्थिर बनाएर बिना कारण देशमा समश्या खडा गरेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘‘ म सबै जिल्ला प्रशासन र रेलवे अथोरिटीलाई एक मन्त्रीको हिसाबले आदेश दिन्छु कि यदि कसैले रेलवे समेत कुनै सार्वजनिक सम्पतिमा नोक्सान पुर्याउँछ भने उसलाई देख्नासाथै गोली हानिदिनू ।’’
उनले एक अन्तर्वार्तामा बोल्दै विपक्षीले अनावश्यक रुपमा अवस्थालाई भड्काउने काम गरेको जनाएका छन् । (बीबीसी)
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६ ०५:४५
प्रतिक्रिया दिनुहोस्