site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लैङ्गिक विभेद ९९ वर्षपछि मात्र अन्त्य हुने 

बीबीसी । राजनीतिक, आर्थिक, स्वास्थ्य र शैक्षिक लगायत सबै क्षेत्रका आधारमा महिला र पुरुषबीचको भिन्नता पूरा हुन झन्डै एक शताब्दी लाग्ने बताइएको छ । विश्व आर्थिक फोरमको रिपोर्टका अनुसार अहिलेको दर र गतिमा परिवर्तन हुँदै गएमा ९९ वर्ष सम्ममा महिला पुरुष सबै क्षेत्रमा बराबर हुन सक्नेछन् ।

लैङ्गिक समानता सम्बन्धी विश्वव्यापी रुपमा भइरहेका प्रगति र सुधारको अध्ययन गर्दै आएको यस स्वीस आधारित कम्पनीले पछिल्लो समय धेरै भन्दा धेरै महिलाहरु राजनीतिमा प्रवेश गरिहेको तर उता आर्थिक क्षेत्रमा चाहिँ महिला पुरुषबीचको अन्तर झन बढ्दै गएको जनाएको छ । हाल युरोपियन सेन्ट्रल बैंक र वल्र्ड बैंकका वरिष्ठ पदहरुमा महिलाको भूमिका बढी देखिएको छ भने फिनल्यान्ड, जर्मनी र न्युजिल्यान्ड सहित विभिन्न देशमा महिला नेतृत्व जारी छ । तापनि अझै विश्वव्यापी रुपमा केबल २१ प्रतिशत महिला मात्र मन्त्रीको पदमा नियुक्त भएका छन् जसमा तिव्र परिवर्तन ल्याउन ठुल्ठुला देशहरुले प्रोत्साहनको काम गर्नुपर्ने फोरमको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आर्थिक भिन्नता चाहिँ अघिल्लो वर्ष भन्दा बढेको छ किनकी विश्वमा सबैभन्दा छोटो समयमा तिव्र वृद्धि भइरहेको प्राविधिक क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व ज्यादै कम छ । त्यस्तै क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स एआइले महिलाहरुलाई प्रतिस्थापन गर्न सक्ने खतरा पनि रहेको छ । यसरी २०१९ को अन्त्यमा सबैभन्दा बढी लैङ्गिक समानता भएको देशमा आइसल्यान्ड रहेको छ ।

यसपछि दोस्रो, तेस्रोगरी दशौँ स्थानसम्म नर्वे, फिनल्यान्ड, स्वीडेन, निकारागुवा, न्युजिल्यान्ड, आयरल्यान्ड, स्पेन, रुवान्डा र जर्मनी रहेका छन् । यस सूचीको सबैभन्दा अन्त्यमा चाहिँ पाकिस्तान, इराक र यमन रहेका छन् जहाँ महिला र पुरुषबीच सबैभन्दा धेरै विभेद हुने गरेको छ । फोरमको गत वर्षको रिपोर्टमा लैङ्गि भेदभाव सकिन १०८ वर्ष लाग्ने उल्लेख गरिएको थियो जसमा योपटक केही सुधार आएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०५:०५
प्रतिक्रिया दिनुहोस्