site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले किन फिर्ता लियो काश्मीरबारे सुरक्षा परिषद्मा छलफलको प्रस्ताव ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यूयोर्क । काश्मीर मामिलालाई लिएर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा हिजो मंगलबार चीनले बहस गराउन चाहेको भए पनि अन्य सदस्य राष्ट्रले नचाहेका कारण सो कार्यक्रम स्थगित भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्य सदस्यले नमानेपछि चीनले सो प्रस्ताव फिर्ता लिएको थियो । अमेरिका, रुस, बेलायत, फ्रान्स लगायतका सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रले भारतको समर्थन गर्दै यो प्रसंग दुई पक्षीय मामिला भएको भनेपछि चीनले प्रस्ताव फिर्ता लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारत सुरक्षा परिषद्मा नरहेकोले यो मामिलामा मौन रहेको थियो । तर, बेलायतले भारतलाई विशेष सहयोग गरेको भारतीय मिडियामा चर्चा गरिएको छ । 

भारतीय मिडियाका अनुसार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले यही डिसेम्बर १२ का दिन सुरक्षा परिषदलाई पत्र पठाएकोमा सोही पत्रको आधारमा चीनले बैठक प्रस्ताव गरेको थियो । यद्यपि अर्को कुनै दिन यस खालको बैठक हुन सक्ने सम्भावना रहेको समेत जनाइएको छ । (एजेन्सी)
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ०५:४०
प्रतिक्रिया दिनुहोस्