विदेश

नयाँ दिल्ली । भारतका चर्चित व्यंग्यकार तथा लेखक मुजतबा हुसेनले सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोध गर्दै आफूले पाएको पद्यश्री सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । नागरिकता कानुन लोकतन्त्रमाथि प्रहार भएको उनले जिकिर गरेको भारतीय मिडियाले जनाएका छन् ।
उनले सन् २००७मा सो सम्मान पाएका थिए । सो सम्मान भारतको निकै प्रतिष्ठित सम्मान हो । उनले देशमा अल्पसंख्यकमाथि भइरहेको ज्यादतीप्रति चिन्ता व्यक्त गरेका छन् । ८१ वर्षीय हुसेन थुप्रै पुस्तकका लेखक पनि हुन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६ ०९:२९
प्रतिक्रिया दिनुहोस्