site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दीपावली – ‘तमसोमा ज्योतिर्गमय’

तिहार, यमपञ्चक, दीपावली जुन नामले यो पर्वलाई सम्बोधन गरे पनि तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोको मार्गमा लाग्नुपर्छ भन्ने यसको मूल मर्म हो । तिहारको रमझम घरमा दीपावली, सरसफाइ गरेर उज्यालो बनाइन्छ । त्यसैले यो पर्व सबैको लागि प्रिय हुन्छ । बाहिरी उज्यालो र रमाइलो केही दिनका लागि हुन्छन् । त्यसैले जीवनका अन्धकाररूपी पक्षहरूलाई परास्त गर्दै उज्यालोरूपी मार्गमा हिँड्नुपर्छ भन्ने आत्मसात् गर्न सके पर्वको मर्म र जीवनको धर्म छर्लंग हुन्छ । 

जीवनको धर्म अर्थात् शरीरको धर्म के हो ? जुन जीवनशैली र आयामले शरीर, मन, आत्मा र जीवनलाई स्वस्थ, मस्त, आनन्दित र प्रफुल्लित राख्छ त्यो नै जीवनको लागि धर्म हो । अन्धकारबाट उज्यालोको यात्रा गर्न केही आयामलाई जीवनमा उतार्नैपर्ने हुन्छ । चर्चा गरौँ ती आयामहरूको र जीवनमा अपनाउने कोसिस पनि गरौँ ।

सकारात्मक सोचः हर परिस्थति र समस्यालाई सकारात्मकरुपमा सोच्न सक्ने खुबी या कला नै तमसोमा ज्योतिर्गमयको एउटा आयाम हो । कुनैपनि कार्य या परिस्थितिको परिणाम त आइनै सक्यो अब त्यसलाई मस्तिष्कबाट नकारात्मक सोच बनाउँदा आफ्नै ऊर्जा नकारात्मक बन्दै जान्छ । जीवनमा प्राप्त कुराको पनि प्रसशंसा हुँदैन उल्टो सिकायतमा बाँच्ने स्थिति बन्दै जान्छ । प्रतिकूलतालाई अनुकुल बनाउने कोसिस गर्नु तर जीवनमा हरेस नखानु र नकारात्मक नसोच्नु उज्यालोको मार्गमा रहेर जीवन जिउने एउटा आयाम हो । संकल्पसहित जीवन जिउनु, आत्मविश्वाससाथ अगाडि बढ्नु र द्विविधा एवं चिन्तालाई प्रश्रय नदिनु नै सकारात्मक हुने उपाय पनि हुन् । दीपावलीको पर्वले पनि यही उज्यालो सोच, उज्यालो मन बनाएर बाँच्न प्रेरणा दिएको छ । हामी उज्यालोमा रमाउँछौँ, अन्धकार हामीलाई मन पर्दैन ।

Prabhu Bank
Agni Group
NIC Asia

समस्यामा होइन समाधानमा जोडः जीवनमा समस्या नआउनु त सायद सम्भव छैन तर समाधानका उपाय अनेकौँ छन् भन्ने चाहिँ सत्य हो । औँसीको रातमा पर्ने दीपावली पर्वमा हामीले दीप बालेर घर, सहर उज्यालो बनाउने प्रयास गरे झैं जीवनका अन्धकाररूपी समस्यालाई पनि भित्रबाट जागृत भएर समाधान गरी उज्यालोको मार्गमा हिँड्न सक्छौँ । जीवनका अन्धकाररूपी पक्ष जो जरूरी र महत्त्वपूर्ण छैनन् तर जीवनलाई अल्झाइरहेका छन् भने तिनबाट मुक्त भएर जीवनमा महत्त्व दिनुपर्ने काम र सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ ।

स्वयंप्रति जागृत :  अरूलाई दोष दिने र अरुबाट अपेक्षा गरेर आफ्नो स्वार्थपूर्ति गर्न गर्ने आदत धेरैको हुन्छ । आफ्नो भावना, दुर्भावना, सुविचार, कुविचार कस्तो भावदशा बनेको छ त्यसलाई हेर्ने र स्वयंको कमजोरी थाहा पाएर सुधार गर्ने बानी नै अन्धकारबाट उज्यालोतर्फ लाग्ने कला हो । दोस्रोबाट पाएको खुसी र रमाइलो क्षणिक नै हुन्छ । आफैँमा रमाउन र आफूसँग भएको सम्पदासँग खुसी हुन जान्ने कलाले नै ज्योतिर्गमयको मर्मलाई साक्षात्कार गर्छ । आफ्नो अहंकार, अज्ञान र अशिष्टताको पहिचान गरी नम्र, सहज र प्रेमिल भएर बाँच्ने कला जान्नु जत्तिको आनन्द अरू केहीबाट प्राप्त हुँदैन ।

Global Ime bank

स्वाध्याय : आफैँ अध्ययन गर्नु स्वाध्याय हो र यो नै अन्धकारबाट उज्यालोको मार्गमा जाने एउटा आयाम हो । हामी जीवनको अधिकांश समय अरूका बारेमा अध्ययन गरेर, उसका गुण दोष केलाएर खेर फाल्ने गर्छौँ । जबसम्म हामी आफ्ना लागि समय दिन सक्तैनौ, आफ्ना बारेमा जान्ने र बुझ्ने गर्दैनौ तबसम्म अरूका कुरा, समस्या र वातावारणले हामीमा सिधै असर पार्ने गर्छ । अरूका विचार र कर्मले हामीलाई प्रभावित पारिरहेको हुन्छ । हाम्रो ध्यान स्वयंमा होइन अरुतिरै गइरहेको हुन्छ । अरूमा ध्यान जानु, अरुकै लागि समय खेर फाल्नु र आफ्नो जीवनको सार्थकतालाई गहिराइबाट बुझ्न नसक्नु नै अन्धकारतिरको यात्रामा सरिक हुनु हो ।

प्रशन्न चित्त : स्वाध्यायमा रहने, आफ्नो धर्म, संस्कृति र आचरणको ख्याल गर्ने व्यक्तिले नै पशन्न चित्तका साथ कर्म गर्न सक्छ । प्रशन्न चित्तमा रहेर कर्म गर्ने व्यक्ति नै अन्तज्र्ञानले दीक्षित हुन्छ । अन्तज्र्ञानले दीक्षित व्यक्ति सधैँ प्रशन्न, प्रफुल्ल, आत्मीय र प्रज्ञाजस्ता सद्गुणले भरिएको हुन्छ । यो नै अन्धकारबाट उज्यालोमा जाने महत्त्वपूर्ण मार्ग हो । प्रशन्न चित्तको व्यक्तिले नै गहन चिन्तन, अध्ययन, भित्रको प्रकाशमय ऊर्जा स्वरुपको बोध र एकाग्रताको अनुभूति गर्न सक्छ । यो नै जीवनलाई प्रकाशमय जीवन बाँच्ने एउटा आयाम हो ।

उपलब्धिमूलक कार्यमा जोडः प्रत्येक व्यक्ति आफ्ना कर्म र सम्बन्ध सफल रहुन्, गरेका कामबाट उपलब्धिमूलक परिणाम आओस् भन्ने चाहन्छ । प्रत्येक दिनको सुरू सकारात्मक सोचबाट गर्ने र मैले गर्ने हरेक कर्म सही र सफल हुन्छन् भन्ने भाव राख्ने बानीको विकास भयो भने नकारात्मकता र असफलताले ठाउँ लिनै पाउँदैन । म आफ्नो खुसीका लागि मात्र होइन अरूलाई पनि खुसी मिल्ने गरी कर्म गर्छु, मेरो कारणले अरूलाई कष्ट नपुगोस्, कुनै बाधा नपरोस् भन्ने सोच भएको व्यक्ति जीवनमा सधैँ शान्त र खुसी रहन सक्छ । के महत्त्वपूर्ण र जरूरी छ र के दुवै छैन ? कुन चाहिँ जरूरी नभए पनि महत्त्वपूर्ण छ भनेर छुट्टयाउन सक्ने र त्यसअनुसार जीवनमा व्यवहार गर्ने व्यक्तिको जीवन सधैँ उज्यालोको मार्गमा अगाडि बढिरहेको हुन्छ ।

पुरानो मानसिकताको त्याग : दीपावलीको अवसरमा नयाँ चिज किन्ने, घरलाई रंग रोगन लगाएर नयाँ बनाउने प्रचलन छ । यसको अर्थ हो हामी जीवनमा नयाँ कुरा चाहन्छौँ, पुरानोबाट मुक्त हुन चाहन्छौँ । भौतिक कुरामात्र नयाँ लिएर पुरानो फ्याँक्दैमा भित्रबाट परिवर्तन हुँदैन । हामी पुरानो मानसिकताबाट पनि मुक्त हुनु जरूरी छ । मनःस्थितिमा गढेर बसेका पुराना विचार, नकारात्मक विचार, अन्धकाररूपी भावको पनि सफाइ गर्न सक्यौँ भने मात्र नवीनताको आभास मिल्छ । सधैँ नवीनताको बोध गर्ने वातावरण बनाउनु अनि शरीर, मन र भावलाई स्वस्थ एवं स्वच्छ राख्ने प्रयास गर्नु नै अन्धकारबाट उज्यालोको मार्गमा हिँड्ने आयाम हो । जीवनमा सुखद् अनुभूति दिने कर्म, सम्बन्ध र परिस्थितिलाई आत्मसात गर्नु नै प्रकाशमय जीवन जिउने कला जान्नु हो । अनि, यही नै तमसोमा ज्योतिर्गमयको मर्म र बोध पनि हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement