site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गत वर्षको तीजभन्दा यस वर्ष सुन कारोबार ७५ प्रतिशत कम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गत वर्षभन्दा यस वर्ष सुनको कारोबारमा निकै कमी आएको व्यवसायीहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार गत वर्षभन्दा यो वर्ष तीज लक्षित सुनको व्यापारमा ७५ प्रतिशले कमी आएको छ । 

गत वर्ष तीजको समयमा दैनिक २५ देखि ३० किलोसम्म सुनको कारोबार हुने गरेको भए पनि यस वर्ष मुस्किलले १० किलोमात्र  कारोबार भएको छ । बाह्रखरीसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले यस वर्ष तीज लक्षित सुनको कारोबार एकदमै न्यून रहेको बताए । “गत वर्षभन्दा यस वर्षको तीजमा सुनको कारोबार एकदमै कम । झन्डै ७५ प्रतिशत कारोबार घटेको छ । सुनको मूल्य ह्वात्तै बढेकाले कम कारोबार भएको हो,” उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य बढेको बताउँदै उनले मूल्य बढेपछि कारोबार घटेको प्रष्ट पारे । नेपालमा करिब २२ हजार व्यवसायीले सुनको कारोबार गर्दै आएका छन् । सुनको मूल्य बढेसँगै किन्नेभन्दा बेच्ने र साट्नेको संख्या धेरै भएको विश्वकर्माले जानकारी दिए । जेठ पहिलो साताबाट सुनको मूल्य उकालो लागेकोमा अहिलेसम्म पनि बढ्दो क्रममै छ । 

तीजको समयमा पनि व्यापार सुकेपछि सुन व्यवसायी चिन्तित छन् । अघिल्ला वर्षहरुमा सुन बजारमा निकै चहलपहल हुने भए पनि यस वर्ष शून्यप्रायः रहेको व्यवसायीहरुको भनाइ छ । 

Royal Enfield Island Ad

आज सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको छ । आजका लागि छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro