site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० वर्षमा १६ खर्बका उद्योग दर्ता : कति आए सञ्‍चालनमा ? विभाग भन्छ - थाहा छैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो १० वर्षमा १६ खर्ब रुपैयाँभन्दा बढी पुँजी बराबरका उद्योग खोल्ने आवेदन उद्योग विभागमा परेको छ । विभागमा सञ्चालनको लागि दर्ता भएका आठ प्रकारका उद्योग १६ खर्ब ७७ अर्ब ८४ करोड १४ लाख ४० हजार रुपैयाँ पुँजी बराबरका रहेका हुन् ।

उद्योगी तथा व्यवसायीले कृषि तथा वनजन्य, निर्माण, ऊर्जा, सूचना-प्रविधि, उत्पादनमुलुक, खनिज, सेवा र पर्यटन गरी आठ प्रकारका उद्योग दर्ता गराएका हुन् । सो पुँजी बराबरको लगानीमा तीन हजार नौसय १४ उद्योग दर्ता भएको देखिन्छ ।

विभागमा दर्ता भएका उद्योगमा स्वदेशी र विदेशी लगानीकर्ता इच्छुक देखिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुन वर्ष कति उद्योग दर्ता भए ?

विभागले दिएको जानकारी अनुसार,

Royal Enfield Island Ad

आर्थिक वर्ष २०६६-०६७ मा विभागमा कुल पुँजी ३९ अर्ब २४ करोड ५३ लाख ५० हजार रुपैयाँ बराबरका २ सय ५८ उद्योग ।

आर्थिक वर्ष २०६७-६८ मा विभागमा कुल पुँजी ९० अर्ब ४१ करोड ५५ लाख ८० हजार रुपैयाँ बराबरका २ सय ४२ उद्योग ।

आर्थिक वर्ष २०६८-६९ मा कुल पुँजी ८४ अर्ब ४२ करोड ७३ लाख ९० हजार रुपैयाँ बराबरका २ सय ७९ उद्योग 
 
आर्थिक वर्ष २०६९-७० मा एक खर्ब १९ अर्ब ६० करोड ११ लाख ३० हजार कुल पुँजी बराबरका ४ सय ४६ उद्योग ।

आर्थिक वर्ष २०७०-७१ मा कुल पुँजी २ खर्ब ८७ अर्ब ८० करोड ७६ लाख ५० हजार रुपैयाँ बराबरका तीन सय ७० उद्योग ।
 
आर्थिक वर्ष २०७१-७२ मा कुल पुँजी एक खर्ब ३८ अर्ब ७५ करोड १२ लाख ७० हजार रुपैयाँ बराबरका तीन सय ६६ उद्योग । दर्ता भएका उद्योगको संख्या र कुल पुँजी दुवैका गिरावट । 

आर्थिक वर्ष २०७२- ७३ मा कूल पुँजी एक खर्ब २१ अर्ब ७२ लाख २० हजार रुपैयाँ बराबरका चार सय ९ उद्योग । दर्ता भएको उद्योगको संख्या वृद्धि भयो तर कूल पुँजीमा सुधार भएन ।

आर्थिक वर्ष २०७३-७४ मा कूल पुँजी एक खर्ब ६३ अर्ब १७ करोड ४४ लाख रुपैयाँ बराबरका पाँच सय १० उद्योग ।

आर्थिक वर्ष २०७४-७५ मा कुल पुँजी तीन खर्ब ५० अर्ब ७३ करोड २१ लाख ९० हजार रुपैयाँ बराबरका चार सय ९८ उद्योग । उद्योग दर्ताको क्रममा निकै सुधार आयो । 

आव २०७५-०७६ मा कूल पुँजी दुई खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरका चार सय ३६ उद्योग । 
 
विभागले दिएको जानकारी अनुसार १० वर्षमा विभागमा दर्ता भएका तीन हजार नौ सय १४ उद्योगमध्ये 

आर्थिक वर्ष २०६६-६७ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता १४ हजार पाँच सय १० जना ।

आर्थिक वर्ष २०६७-६८ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता १३ हजार सात सय २७ जना

आर्थिक वर्ष २०६८-६९ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता १६ हजार नौ सय ६० ।

आर्थिक वर्ष २०६९-७० मा दर्ता भएका उद्योगको रोजगारी क्षमता २८ हजार पाँच सय ३५ जना ।

आर्थिक वर्ष २०७०-७१ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता २१ हजार ४ सय ४८ जना ।

आर्थिक वर्ष २०७१-७२ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता २२ हजार ७ सय ८५ जना । 

आर्थिक वर्ष २०७२-७३ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता १८ हजार ७ सय ७० जना ।

आर्थिक वर्ष २०७३-७४ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता २६ हजार ५ सय ३० जना ।

आर्थिक वर्ष २०७४-७५ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता २७ हजार तीन सय ८२ जना । 

आर्थिक वर्ष २०७५-०७६ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता २२ हजार नौ सय ६१ जना । 

कुल दर्ता भएका उद्योगको दुई लाख १३ हजार पाँच सय ९८ जनालाई प्रदान गर्ने रोजगारी क्षमता हुन्छ । 

विभागका अनुसार १६ खर्ब ७७ अर्ब ८४ करोड १४ लाख ४० हजार पूँजी बराबरको लगानीको कुल स्थिर पुँजी भने १५ खर्ब ४५ अर्ब ४६ करोड सात लाख ९० हजार रहेको छ  । त्यसैगरी, चालु पुँजी भने एक खर्ब ३२ अर्ब ३८ करोड ३ लाख २० हजार रुपैयाँ रहेको छ ।

यता, विभागमा दर्ता भएको उद्योगको संख्या विभागसँग भए पनि वास्तविकतामा कतिवटा उद्योग सञ्चालनमा आए भन्ने रेकर्ड विभागसँग छैन । विभागका एक अधिकारीका अनुसार सो संख्या पनि विभागले नै रेकर्ड राख्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन । उनले भने, “यहाँ उद्योग दर्ता भए जान्छन् । तर, कतिवटा स्थापना हुन्छन् र दर्ता गर्दा उल्लेखभएअनुसार पुँजी लगानी भएको छ कि छैन ? सो संख्यामा रोजगारी सिर्जना भएको छ कि छैन भन्ने रेकर्ड हामीसँग छैन ।”

यसो त विभागले कैफियत मानेका उद्योगमाथि भने शंका गर्दै निरिक्ष गर्ने गरेको छ । तर, हालसम्म केकस्ता अनुगमन र निरिक्षण भए र तिनबाट केकस्ता नतिजा निक्सिए भन्ने प्रमाण राख्ने गरिएको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro