site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योगमा लगानी घट्यो, वैदेशिक लगानी पनि आधाभन्दा कम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र उद्योगमा लगानी गर्ने अवसर सिर्जना भएको बताइरहँदा उद्योग स्थापनामा भने आकर्षण देखिएको छैन । गतवर्षको तुलनामा उद्योेग विभागमा दर्ताको भएको नयाँ उद्योग संख्या र कुल पुँजी विश्लेषणका आधारणमा सरकारको लोभलाग्दो नाराले उद्योगमा लगानी क्रम प्रभाव नपरेको देखिएको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा उद्योग विभागमा ४ सय ३६ उद्योग दर्ता भएका छन् । यो संख्या आर्थिक वर्ष २०७४–७५ भन्दा ६२ उद्योग कम हो । अघिल्लो आवमा उद्योग विभागमा ४ सय ९८ उद्योग दर्ता भएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आव २०७५–७६ मा दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै १ सय १८ उद्योग दर्ता भएका छन् । यसैगरी कृषि तथा वन्यजन्तु क्षेत्रमा २७ उद्योग दर्ता भएका छन् भने निर्माण क्षेत्रमा ३ उद्योग, ऊर्जामूलक क्षेत्रमा ४७ उद्योग दर्ता भएका छन् । विभागका अनुसार सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २१, खनिजमा १, सेवामूलकमा १ सय २ र पर्यटन क्षेत्रमा १ सय १७ उद्योग दर्ता भएका छन् ।

कम उद्योग दर्ता भएका कारण उद्योगमा हुने पुँजी परिचालन र ती उद्योगले गर्ने रोजगारी सिर्जना पनि घटेको छ  । उद्योग विभागमा गत आवमा दर्ता भएका ४ सय ३६ उद्योगको कूल पूँजी २ खर्ब ८२ अर्ब ६६ करोड ९२ लाख ९० हजार रुपैयाँ रहेको छ । यस अवधिमा दर्ता भएका उद्योगले २२ हजार ९ सय ६१ जनालाई रोजगारी दिने क्षमता राख्छन् । 

Royal Enfield Island Ad

आव २०७४–७५ मा ३ खर्ब ५० अर्ब रुपैयाँ पुँजी परिचालन गर्ने गरी ४ सय ९८ उद्योग स्थापना भएका थिए । ती उद्योगले २७ हजार ३ सय ८२ जनालाई रोजगारी दिने क्षमता राख्थे ।

अघिल्लो वर्ष कृषि तथा वन्यजन्तु क्षेत्रमा २२ उद्योग दर्ता भएका थिए । त्यसैगरी,  निर्माण क्षेत्रमा ४ उद्योग, ऊर्जा क्षेत्रमा ३९, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २४, उत्पादनमूलक क्षेत्रमा १ सय ३२, खनिजमा ४, सेवामूलकमा १ सय १४, र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै १ सय ५९ उद्योग दर्ता भएका थिए ।

उद्योग विभागका अनुसार गत आवमा उद्योगमा वैदेशिक लगानी पनि घटेको छ । आर्थिक वर्ष २०७४–७५ मा दर्ता भएका कुल ४ सय ९८ उद्योगमध्ये ३ सय ९९ उद्योगले वैदेशिक लगानी भित्र्याउने प्रतिवद्धता गरेकोमा गत आव सो संख्या घटेर ३ सय ३७ पुगेको हो ।

अघिल्लो आव ३ सय ९९ उद्योगमा ६१ अर्ब ३४ करोड ९१ लाख १० हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । आर्थिक वर्ष २०७५–७६ मा  दर्ता भएका उद्योगले २८ अर्ब ४१ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याउने प्रतिवद्धता गरेको देखिन्छ । यी उद्योगले १४ हजार १ सय २ जनालाई रोजगारी प्रदान गर्ने क्षमता राख्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro