site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीमाटीको तरकारीमा कम विषादी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यतिबेला जताततै तरकारीको कुरा सुनिन्छ । कोही तरकारीको मूल्य बढेकोमा आहत छन् भने कोही तरकारीमा प्रयोग भएको विषादीले चिन्तित देखिन्छन् ।

राजधानीका उपभोक्ताले केही समययता विषादी कम भएको तरकारी खान पाइरहेको तथ्यांकले देखाएको छ । काठमाडौंको मुख्य तरकारी बजार कालीमाटीमा आयात हुने तरकारीमा विषादीको मात्रा पछिल्ला २ वर्षमा कम देखिएको हो ।

कालीमाटी तरकारी बजार विषादी परीक्षण शाखाले दिएको जानकारी अनुसार पछिल्लो २ वर्ष हानिकारक विषादीयुक्त तरकारीको परिमाण एकदमै न्यून छ । चालू आर्थिक वर्षमा बजारको विषादी परीक्षण शाखाले गरेको अध्ययनमा २ हजार ५४५ नमुनामध्ये २ वटा नमुनामात्र खानका लागि अयोग्य देखिएका छन् । अघिल्लो वर्ष पनि १ हजार ८४६ नमुनामध्ये ३ वटा नमुना खानका लागि अयोग्य देखिएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

शाखाले गरेको र्‍यापिड बायोएसे अफ पेस्टिसाइड रेसिड्युअल परीक्षण (विषादी अवशेष विश्लेषण) मा २ तरकारी नमुना पहेँलो लेबल र २ तरकारी नमुना रातो लेबलमा परेका छन् । तीमध्ये एउटा सीमी नमुना र एउटा ब्रोकाउली नमुना रातो लेबलमा परेका छन् । त्यसैगरी एउटा टाटेसिमी र एउटा काजुको नमुना पहेँलो लेबलमा परेका थिए ।

बजारले परीक्षणको नमुनामा ३ वटा लेबल लगाउने गरेको छ । तरकारीको विषादी परीक्षण क्वारेन्टाइन तथा जीवनाशक विषादी परीक्षणका लेबल अनुसार विषादीको मात्रा ०–३५ पीपीएम (पार्टस् पर मिलियन अर्थात् प्रति १० लाखमा हिस्सा) भएको नमुनालाई हरियो लेबल लगाइन्छ । यस्तो तरकारीलाई खान योग्य मानिएको छ । त्यसैगरी, विषादी मात्रा ३५–४५ पीपीएम भएको नमुनालाई पहेँलो लेबल लगाइन्छ । यस्तो तरकारीलाई केही दिन स्टक गरेर पुनः विषादीको मात्रा परीक्षण गरेर प्रयोग गर्न सकिन्छ । तर, ४५ भन्दा बढी पीपीएम विषादी भएको भएको तरकारी खानका लागि अयोग्य मानिन्छ उच्च विषादी हुने यस्तो तरकारी नष्ट गरिने गरिएको छ । तीमध्ये एउटा सीमी नमुना र एउटा ब्रोकाउली नमुना रातो लेबलमा परेको छन् ।

Royal Enfield Island Ad

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिती विषादी अवशेष दुत विश्लेषण प्रयोगशालाका प्रमुख जागेश्वर शर्माका अनुसार आजसम्म २५ सयभन्दा बढी नमुना परीक्षण गरिएकोमा ४ वटा नमूनामा विषादीको मात्रा बढी पाइएको छ । उनले बाह्रखरीसँग भने, “तीमध्ये जसमध्ये २ नमुना नष्ट गर्नुपर्ने छ भने २ वटा नमुना केही दिनपश्चात् विषादीको मात्रा परीक्षण गरेर खान मिल्ने रहेका छन् ।”

शर्माका अनुसार परीक्षण सुर भएको अवधिदेखि हालसम्ममा ६७ वटा नमुना नष्ट गर्नुपर्ने भेटिएको छ । उनले भने, “खान नमिल्नेगरी प्रयोग भएको तरकारीलाई नष्ट गर्न स्थानीय प्रशासन, समितिको प्रतिनिधि, व्यापारीको प्रतिनिधि लगायत बसेर मुचुल्का बनाई प्रक्रिया पूरा गरिन्छ ।” शर्माले नियमित रुपमा कालीमाटी तरकारी बजारबाट नमुना लिएर र्‍यान्डम परीक्षण गरिँदै आएको बताए ।

मनिटरिङको रुपमा शाखाले तरकारको पकेट क्षेत्र (नजिकका जिल्ला) मा गएर समेत नमुना लिने गरेको र समय–समयमा नजिकका नाका (इन्ट्रि प्वाइन्ट)मा राती गएर नमुना ल्याउने गरिएको छ ।

२०७१ असार ४ गतेबाट कालीमाटी तरकारी बजारमा विषादी परीक्षण सुरु गरिएको हो । विषादी परीक्षण सुरु भएको ५ वर्षमा पहिलो वर्ष र आव २०७३–७४ मा विषादीयुक्त तरकारीको मात्रा बढी देखिएको थियो । विषादी परीक्षण शाखाको दिएको जानकारी अनुसार पहिलो महिना नै १६ प्रतिशत नमुनामा विषादी उच्च देखिएको थियो ।

त्यसयता आव २०७१– ७२ मा विषादी परीक्षणको कुल नमुना संख्या १ हजार ५७० मध्ये ४ वटा (०.२५ प्रतिशत) प्रयोग गर्न नमिल्ने भएकाले नष्ट गरिएको थियो । आव २०७२– ७३ मा  कुल विषादी परीक्षण संख्या १ हजार ९३६  मध्ये १० वटा ( ०.५२ प्रतिशत), २०७३– ७४ मा कुल विषादी परीक्षण संख्या १ हजार ९३० मा २२ (१.१४ प्रतिशत) नमुनामा रेड लेबल लगाइएको थियो । आव २०७३–७४ मा भारतको गोलभेडामा विषादीको मात्रा धेरै देखिएको थियो ।

आव २०७४– ७५ मा कुल विषादी परीक्षण नमुना संख्या १ हजार ८५० मध्ये ३ वटा र २०७५–७६ को हाल सम्ममा कुल विषादी परीक्षण नमुना संख्या २ हजार ५५२ मध्ये २ वटामा मात्र खान नमिल्ने गरी विषादी प्रयोग भएको पाइएको छ ।

बजारले नियमित विषादी परीक्षण गर्ने गरेपनि विषादी परीक्षण इकाईमा जनशक्तिको भने अभाव छ । इकाईमा जम्मा २ जनाले काम गर्नुपरेकाले विषादी परीक्षणले पूर्णता पाएको देखिँदैन । इकाई प्रमुख शर्माले ५ जना कर्मचारी हुनुपर्ने भए पनि यो वर्ष कर्मचारी समायोजनले समस्या भएको बताउँदै २ जनाले मात्र काम गर्दै आएको बताए । उनले भने, “विशेषतः बिहान ६ बजेदेखि १० बजेसम्म मात्र विषादी परीक्षण गरिँदै आएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro