site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट बहस : २०७६-०७७ को बजेटबारे कसले के भने ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६-०७७ को लागि १५ खर्ब ३२ अर्ब ९४ करोड ७१ लाखको बजेट बुधबार मात्र सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको बैठकमा प्रस्तुत गरेका थिए । नेकपाको सरकारको संघीयता कार्यान्वयन भएको दोस्रो पूर्ण बजेट हो । बजेट भाषण भएसँगै बजेट सम्बन्धि विभिन्न टिका टिप्पणी पनि गर्न थालिएको छ । नयाँ बजेट सम्बन्धी पूर्व अर्थमन्त्री तथा अर्थविद्हरुले आ-आफ्नो धारणा राखेका छन् । 

बजेटको चरित्र प्रचारमुखी : पूर्व अर्थमन्त्री रामशरण महत

२०७६-७७ को बजेटबारे आफ्ना विचार राख्दै पूर्व अर्थमन्त्री रामशरण महतले नयाँ बजेटको चरित्र प्रचारमुखी भएको बताएका छन् । “सरकारको प्रचारमुखी चरित्रको प्रतिनिधित्व बजेटले गरेको छ ।” किनभने आफ्ना कुरालाई आत्मप्रसंशा गर्ने,  आत्मरतिमा रमाउने, आफ्ना कुरालाई बढाइचढाई गरी राम्रो देखाउने र दीर्घकालीनभन्दा क्षणिक लोकप्रियताको चरित्र चसत्रण बजेटले गरेको छ” उनले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै, सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले समेत लामो समय सरकारकै प्रशंसा गरेकाले सरकार सधैं प्रचारमुखी भएको बताए । बजेटमा वित्तीय संघीयता कार्यान्वयनमा आयो, आर्थिक विकास तिव्र गतिमा बढेको छ,  निर्माणमा तिव्रता,  आर्थिक परिसूचकहरु सबै उत्साहप्रद छन्,  मुद्रा स्फीतिमा कमी आएको छ जस्ता तिव्र विकासको आधारशिला बनेको छ भन्दै धेरै कामको प्रशंसा गरेको भए पनि मेलम्ची, फास्ट्रयाक,  अपर तामाकोशी,  निजगढ विमानस्थल लगायत राष्ट्रिय गौरवका आयोजनालाई दबाएर आत्मा प्रशंसामा मात्र यो बजेट रमाएको आरोप डा महतको छ ।

संघीय सरकारको बजेट भए पनि यसको चरित्र भने संघीय सरकार अनुभूत नभएको उनले बताए । "त्यस्तै, स्थानीय सरकारले गर्ने काम पनि केन्द्रकै मातहतमा आएको बाल पोषण, सुत्केरी भत्ता,  सेनेटरी प्याडलगायतका काम समेत केन्द्र सरकारले घोषणा गरेको छ तल्लो तहका सरकारले गर्ने काम समेत केन्द्र सरकारले गरेको छ," उनले भने । 

Royal Enfield Island Ad

राष्ट्रपति , प्रधानमन्त्रीदेखि मदन भण्डारीसम्मका आफ्ना नेताको नाममा कार्यक्रम ल्याएर सरकार र बजेट आफ्नै प्रचारमा लागेको महतको टिप्पणी छ ।

पर्यटन क्षेत्रको बजेट ५९ प्रतिशत घटाइयो : टान उपाध्यक्ष खुम सुवेदी

सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेटले विगतको वर्षको भन्दा घटाएको बताए । चालु आर्थिक वर्षको बजेटमा ५ अर्ब २० करोड रुपैयाँ छुट्याइएको थियो । यो वर्ष घटाएर २ अर्ब ६८ करोड विनियोजन गरिएको छ । जुन  बजेट चालु आर्थिक वर्षको भन्दा ५९ प्रतिशत कम  हो । 

टानका उपायक्ष खुम सुवेदीले भने, "अपडेट गरेर बढीभन्दा बढी पर्यटक ल्याउने वातावरण सिर्जना गर्नुपर्नेमा बजेट घटाइएको छ । यसको अर्थ पर्यटन व्यवसायीलाई आफैं पर्यटक ल्याउनू, आफैँ लगानी गर्नूस्  र सरकारको आम्दानी बढाई दिनू भनेर पर्यटन व्यवसायीको टाउकोमा थुपार्न खोजेको आभाष भएको छ ।" 

यसमा सम्पूर्ण पर्यटन व्यवसायीहरुको घोर आपत्ति रहेको उनले बताए । नेपालमा स्वदेशी पर्यटन नल्याइ आर्थिक विकास सम्भव नभएको उनले दाबी गरे । यो बजेटले पर्यटन व्यवसायी र पर्यटन क्षेत्रलाई छुन नसकेको बताए  ।

सांसदलाई ६ करोड गर्न नहुने काम : चन्द्रमणी अधिकारी अर्थविद्

अर्थविद् चन्द्रमणी अधिकारीले १५ खर्ब ३२ अर्बको बजेट सही भएको बताएका छन् । तर बोली अनुसार काम कति हुन्छ भन्ने कुरा महत्वपुर्ण हुने उनले बताए । तर बजेटले सांसदलाई ६ करोड दिएर गर्ने नहुने काम गरेकाले अस्तव्यस्त ब्यस्थताबिच आएको बजेटले हित गर्न नसक्ने उनको भनाइ छ ।

उनले पानीसँग प्रित, माटोसँग मित र युवासंग जागरण गित हुनुपर्ने बताएका छन् । उनले भने, "जब जनशक्तिलाई प्राथमिकतामा राखेर पानी, माटो र प्रविधिलाई एकै ठाउँमा ल्याए मात्र उत्पादनशिलता बढ्ने र आर्थिक वृद्धि गर्न सकिने महत्वपूर्ण विषयलाई गहन ढंगले नलिई समावेश मात्र गर्न खोजेको छ ।"

बजेट विरोधीको लागि वितरणमुखी,  समर्थकको लागि  आदर्श : दिपेन्द्रबहादुर क्षेत्री, योजना आयोग, पूर्व उपाध्यक्ष

योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले ल्याएको २०७६-७७ को बजेट विरोधीको लागि वितरणमुखी र समर्थकको लागि आदर्शमय भएको बताएका छन् । सरकारमा रहेको दलले निकालेको घोषणा पत्र र संविधानको भावना अनुरुप बजेट छ कि छैन् त्यसलाई ध्यान दिनुपर्ने बताएका छन् ।

जनताको दैनिक जीवनलाई सघाउ पुग्ने छ कि छैन त्यो हेर्नुपर्ने उनले बताए । चालु आर्थिक वर्षमा स्कुल पढ्ने बालबच्चाको खाजा खोसेको भए पनि बजेटमा त्यो समावेश गरेको छ र राम्रो कुरा हो । स्वास्थ्य क्षेत्रलाई विकेन्द्रीकरणको कुरा आएको छ त्यो राम्रो हो । इमान्दारिता कति देखाउन खोजेको छ त्यो सोच्नु पर्ने उनले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro