site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रामजी, शिला र छुल्टिमको ‘वन फूल’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायक तथा संगीतकार रामजी खाँणको नयाँ गीत ‘वन फूल’ सार्वजनिक भएको छ । खाँणले उक्त भिडियो रामजी खाँणकै नामको युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

सुजन लम्सालको शब्द रचना रहेको गीतमा गायक खाँण र शिला गुरुङको स्वर रहेको छ । गीतमा खाँण आफैंले संगीत भरेका छन् । कृष्ण विकको संगीत संयोजन रहेको गीतलाई शिव विकले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायांकन रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भिडियोमा रामजी खाँण र छुल्टिम गुरुङको अभिनय देख्न सकिन्छ । गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । 


 

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १८:३९
प्रतिक्रिया दिनुहोस्