site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘वीर विक्रम–२’को गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘वीर विक्रम–२’को गीत रिलिज भएको छ । जेठ ३ गते रिलजि हुने चलचित्रको ‘वाचा’ बोलको गीत आज राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । 

गीतमा ताराप्रकाश लिम्बूको संगीत, नरेश भट्टराईको शब्द छ भने स्वर तारप्रकाश लिम्बू र दीपा लामाको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पल शाह र वर्षा सिवाकोटी गीतको भिडियोमा फिचर्ड छन् । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

‘वीर विक्रम–२’ मा पल र वर्षासँगै नाजिर हुसेन, देशभक्त खनाल, मनोज केसी, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहने छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई मिलन चाम्सले निर्दशन गर्नेछन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १७:४६
प्रतिक्रिया दिनुहोस्