site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काम गरेन सरकारको लोभलाग्दो नाराले, दर्ता उद्योगको संख्या बढे पनि पुँजी परिचालन कम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र उद्योगमा लगानी गर्ने अवसर सिर्जना भएको बताइरहँदा उद्योग स्थापनामा आकर्षण भने बढेको छैन । गतवर्षको तुलनामा उद्योेग विभागमा दर्ताको भएको नयाँ उद्योग संख्या र कुल पुँजी विश्लेषणका आधारणमा सरकारको लोभलाग्दो नाराले उद्योगमा लगानी क्रम प्रभाव नपरेको देखिएको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको चैत १५ सम्म ३ सय ३१ उद्योग दर्ता भएका छन् । जसअनुसार कृषिजन्य क्षेत्रका उद्योगमा १५ उद्योग दर्ता भएका छन् भने निर्माणमा ३ उद्योग, ऊर्जामूलक क्षेत्रमा ३० उद्योग दर्ता भएका छन् । विभागका अनुसार सूचना, प्रसारण तथा सञ्चार क्षेत्रका उद्योगमा १२, उत्पादनमूलकमा ८७, खनिजमा १,  सेवामुलकमा ८५ र पर्यटनमा सबैभन्दा बढी ९४ उद्योग दर्ता भएाका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हालसम्म दर्ता भएका ३ सय ३१ उद्योगको कूल पुँजी भने १ खर्ब ८३ अर्ब १६ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यस अवधिमा दर्ता भएका उद्योगले १७ हजार १ सय २ जनालाई रोजगारी दिने क्षमता राख्दछन् । चालु आर्थिक वर्षको १० महिना बित्नै लाग्दा गतवर्षको तुलनामा मात्र १७ वटा बढी उद्योग दर्ता भएका हुन् । संख्याले केही बढी भएको देखिएपनि गतवर्षको तुलनामा पुँजी परिचालन र रोजगारी सिर्जना क्षमता भने झनै घटेको देखिन्छ । यस वर्षको तुलनामा गतवर्ष ३ सय १४ उद्योग दर्ता भएका थिए । 

गतवर्षको यही अवधिसम्ममा दर्ता भएका उद्योगले १९ हजार २ सय ९१ जनालाई रोजगारी दिने क्षमता राख्दथे भने कुल २ खर्ब ३३ अर्ब ७२ करोड ७५ लाख १० हजार रुपैयाँ पुँजी परिचालन गर्ने क्षमताका उद्योग थिए । उद्योग विभागका सुचना अधिकारी जीवनराज सेढाईंका अनुसार चालु आर्थिक वर्षको चैत १५ सम्म सबैभन्दा धेरै लगानी उर्जामुलक क्षेत्रको उद्योगमा गर्नेगरी उद्योग दर्ता भएका छन् । यस क्षेत्रमा उद्योग सञ्चालनमा दर्ता भएका ३० उद्योगमा १ खर्ब २७ अर्ब ४२ करोड ४४ लाख ७० हजार बराबरको पुँजी परिचालन हुनेछ ।

Royal Enfield Island Ad

उनका अनुसार संख्याको आधारमा सबैभन्दा बढी उद्योग पर्यटनमुलक क्षेत्रमा दर्ता भएका छन् । जसको संख्या भने ९४ रहेको छ । त्यसैगरी तेस्रोमा उत्पादनमुलक उद्योगमा ८७ उद्योग दर्ता भएका छन् । पुँजीका हिसाबले सबैभन्दा धेरै पुँजी ऊर्जामुलक क्षेत्रका उद्योग गर्ने लक्ष्य लिइँदा दोस्रो स्थानमा उत्पादनमुलक क्षेत्रका उद्योग रहेका छन । जहाँ कुल ३९ अर्ब ५३ करोड ६९ लाख रुपैयाँ बराबरको पुँजी परिचालन हुनेछ । त्यस्तै, तेस्रो स्थानमा पर्यटनमुलक क्षेत्र छ जसमा ७ अर्ब ७३ करोड ४७ लाख ६० हजार रुपैयाँको पुँजी परिचालन हुनेछ ।

रोजगारी सिर्जनाका आधारमा हेर्दा चैत १५ सम्ममा दर्ता भएका उद्योग मध्ये सबैभन्दा धेरै रोजगारी उत्पादनमुलक क्षेत्रमा दर्ता भएका उद्योगले दिनेछन् । उत्पादनमुलक क्षेत्रमा दर्ता भएका  ८७ उद्योगले ८ हजार ६४ जनालाई रोजगारी दिने क्षमता राखेका छन् । यस्तै, दोस्रो स्थानमा सेवामुलक क्षेत्रमा उद्योग रहेका छन् । जसमा दर्ता भएका ८५ उद्योगले ३ हजार १ सय ७५ जनालाई रोजगारी दिने क्षमता राखेका छन् ।

त्यस्तै, वैदेशिक लगानीतर्फ यसवर्षको चैत १३ गतेसम्म सबैभन्दा धेरै लगानी उत्पादनमुलक क्षेत्रमा भित्रिएको छ । यो क्षेत्रका उद्योगमा कुल ७ अर्ब ७८ करोड ७४ लाख ८० हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । जहाँ सबैभन्दा धेरै पर्यटन क्षेत्रमा ७७ उद्योगमा विदेशी लगानीसहतिको उद्योग सञ्चालन सुरु भएको छ ।

हालसम्म वैदेशिक लगानीमा २ सय ७६ वटा उद्योग गर्ने लक्ष्यसहित विभागमा उद्योग दर्ता भएका छन् । हालसम्म १५ अर्ब ९७ करोड ७७ लाख ६० हजार रुपैयाँ वैदेशिक लगानी परिचालन गर्ने उद्योग दर्ता भएको छ । यी उद्योगले ९ हजार २ सय ५० जनालाई  रोजगारी दिने क्षमता राख्दछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro