site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं । सरकारले तोकेको शुल्कलाई बेवास्ता गर्दै धेरै ठूला डाक्टर आफ्नो पहुँच र प्रभावको बलले सरकारी नियमलाई मिच्दै खुल्लम खुल्ला बिरामीलाई अत्यधिक शुल्क तिर्न बाध्य पारिरहेका छन् । वरिष्ठ डाक्टर भएकाले बिरामी त्यस्ता डाक्टरको क्लिनिकमा केही नबोली धेरै फि तिर्ने गर्दछन् भने कारवाही गर्नुपर्ने सरकारी अधिकारी पनि तिनको प्रभावका कारण चुपचाप बस्दै आएका छन् । धेरै बिरामीलाई डाक्टरले यति धेरै फी लिनु भनेको कालोबजारी गरेजत्तिकै हो भन्ने समेत थाहा छैन । 
बढी शुल्क लिने डाक्टरले एक पटक जाँचेको रु. ११ सय साठी सम्म लिने गरेका छन् । सरकारी नियम अनुसार वरिष्ठ स्पेसलिष्टले रु. चार सय ७५ भन्दा बढी लिन पाउँदैनन् र यसो गर्नु भनेको बिरामीलाई ठग्नु सरह नै हो । 
विशेषगरी निजी अस्पताल तथा क्लिनिकका डाक्टरले मनपरी शुुल्क लिने गरेका छन् । यसरी बढी शुल्क लिनेहरूमा डा. मधु घिमिरे, डा. रमेश चोखानी, डा. उपेन्द्र देवकोटालगायत अगाडि छन् । ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. घिमिरे नर्भिक अस्पतालमा कार्यरत छन् । उनको परामर्श शुल्क एक पटकको रु ११ सय ६० रुपैयाँ छ । पुराना बिरामीसँग भने उनी एकपल्टको पाँच सय ६० रुपैयाँ लिन्छन् । 
नर्भिकमै कार्यरत छाती विशेषज्ञ डा. रमेश चोखानीको परामर्श शुल्क पनि ११ सय ६० रुपैयाँ नै छ । सोही अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. अर्चला वैद्यको परामर्श शुल्क भने ५ सय ६० रुपैयाँ छ । 
बी एन्ड बी अस्पतालमा कार्यरत डा. अशोक बास्कोटा अस्पतालमा ५ सय रुपैयाँ परामर्श शुल्क लिन्छन् । क्लिनिकमा भने उनीसँग परामर्श लिन एक पटकको हजार रुपैयाँ तिर्नुपर्छ । न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको परामर्श शुल्क भने ७ सय ६० रुपैयाँ छ । 
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्र्देशिका, २०७० को अनुसूची ७ मा डाक्टरले बिरामीसँग लिने परामर्श शुल्क तोकिएको छ भने २०७१ साल ५ महिना ११ गते को मन्त्रीस्तरीय निर्णयले डाक्टरको बिरामी जाच गरेवार्फतको लिन कति पाउने वा लिन नपाउने परामर्श शुल्क निर्धारण गरेको थियो । 
डाक्टरको परामर्श शुल्कलाई विज्ञता र अनुभवका आधारमा ३ तहमा विभाजन गरिएको छ । यसअनुसार एमबीबीएस गरेका डाक्टरले ५ वर्षसम्म प्रतिबिरामी प्रतिपटक २ सय ५० रुपैयाँसम्म लिन पाउँछन् । एमबीबीएस गरेर ५ वर्षभन्दा बढी अनुभव भएका डाक्टरले भने ३ सय ५० रुपैयाँसम्म लिन पाउने व्यवस्था छ । 
त्यसैगरी विशेष तालिम तथा पोष्ट ग्राजुयट डिप्लोमा गरेका डाक्टरले ५ वर्षसम्म ३ सय ५० र ५ वर्षभन्दा बढी अनुभव प्राप्त गरेपछि ४ सय रुपैयाँ परामर्श शुल्क लिन पाउँछन् । एमडी वा एमएस गरेका डाक्टरले ५ वर्षसम्म ४ सय ५० र ५ वर्षभन्दा बढी अनुभव प्राप्त गरेपछि ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था कार्यविधिमा छ । 
सरकारले यसअघि ०५९ मसिर ४ मा मन्त्रीस्तरीय निर्णय गरी एमबीबीएस डाक्टरका लागि अनुभवका आधारमा ७५ देखि १ सय ५० तथा १० वर्षभन्दा बढी अनुभव भएका डाक्टरका लागि २ सय ७५ रुपैयाँसम्म परामर्श शुल्क तोकेको थियो ।
तोकिएको शुल्क सबैले देख्नेगरी बाहिर टाँस्नुपर्ने व्यवस्था भए पनि कुनै पनि अस्पतालमा शुल्क सूची टाँसेको पाइँदैन । फलोअपमा आउँदा ७ दिनसम्म शुल्क लिन पाइँदैन । पहिलो पटकको फलोअपमा भने निःशुल्क सेवा दिनुपर्नेछ । सरकारले तोकेको शुल्कमा करबाहेक थप शुल्क लिन पाइँदैन । 
स्वास्थ्य मन्त्रालयको चिकित्सक सेवा महाशाखाका पूर्व प्रमुख डा. गुणराज लोहनी तोकेको भन्दा बढी शुल्क लिएको पाइए कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताउँछन् । तर, अहिलेसम्म कुनै डाक्टर कारबाहीमा परेका भने छैनन् । मन्त्रालयले अनुगमन नगर्दा बिरामी धेरै शुल्क तिरेर डाक्टरसँग परामर्श लिन बाध्य छन् ।
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro