site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जकार्ताका गभर्नर पुरनामालाई ईश्वर निन्दाको आरोप
काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्ताका गभर्नर बसुकी चहाया पुरनामालाई ईश्वर निन्दाको आरोपमा छानबिन भइरहेको बीबीसीले जनाएको छ ।
उनलाई चुनाव प्रचारको क्रममा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरानको अपमान गरेको आरोप लागाइएको छ ।
पुरनामा चिनियाँ मूलका अल्पसंख्यक क्रिश्चियन समुदायका व्यक्ति हुन् । उनी जकार्ताका पहिलो गैरमुस्लिम गभर्नर भएको बताइएको छ ।
यो विषयलाई लिएर मुस्लिम बाहुल्य इन्डोनेसियमा द्वन्द्व बढ्ने आशंका गरिएकोे बताइएको छ । गत सेप्टेम्बर महिनामा पुरनामाले एक इस्लामिक समूहले कुरानमा भएकोे एक कविता उच्चारण गरेर उनलाई भोट हाल्न मतदातालाई  निरुत्साहित गरेको आरोप लगाएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro