site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
समकालीन साहित्यले समाजको अध्ययन गर्न सहयोग गर्छ : रक्षामन्त्री 

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले समकालीन साहित्यले समाजको अध्ययन गर्न सहयोग गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा ‘तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगिता’का उत्कृष्ट कथाहरूको संग्रह विमोचन गर्दै मन्त्री डा. रिजालले समाज प्रतिबिम्बित गर्ने साहित्य सधैँ सार्वकालिक हुने भन्दै मुनामदन खण्डकाव्य अझै पनि उत्तिकै लोकप्रिय रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रक्षामन्त्री रिजालले अझै पनि मुनामदनले ठूलो परिमाणमा रोयल्टी प्राप्त गरिरहेको भन्दै समाज र संस्कृति झल्किने विषय साहित्यमा सशक्त रूपमा आउनुपर्नेमा जोड दिए ।

बाह्रखरीको यस प्रतियोगिताले नेपाली कथा लेखनको उन्नयनमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको भन्दै उनले यस्ता प्रतियोगिताहरूको आवश्यक रहेकोमा जोड दिए । सो अवसरमा उनले उत्कृष्ट कथाकारहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्