site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
कांग्रेस नेतृ सुजाताले मागिन् कोभिड विरामीका लागि अक्सिजन
Ghorahi CementGhorahi Cement

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९का संक्रमितको उपचारका लागि अक्सिजन व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । कोइरालले सुस्मा कोइराला मेमोरियल अस्पतालले कोभिड–१९का संक्तमितको उपचार गर्दै आएपनि सरकारको सहयोग नपाउँदा अहिले समस्या भएको बताएकी हुन् ।

“धेरै बिरामी भर्ना लिन सक्ने क्षमता भएर पनि शुष्मा कोइराला मेमोरिअल हस्पिटलमा अक्सिजन लगायत अन्य आवस्यक सामग्रीको अभावमा  सिट क्षमता अनुसार उपचार गर्न नपाइएको अवस्था छ,” कोइरालले बाह्रखरिसँगको कुराकानीमा भनिन्, “डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुले सिमित अक्सिजन, औषधि तथा बेडहरु अभाब हुदाहुँदै पनि आफ्नो सम्पूर्ण दिलोज्यान लगाएर बिरामीको उपचार गरिरहनु भएको छ ।” उनले सामाजिक संजाल फेसबुकमा स्वास्थ्यकर्मी आफै असुरक्षित भएर पनि उपचारमा खटिइरहेको भन्दै सम्मान प्रकट समेत गरेकी छन् । 

Agni Group

“स्वास्थ्यकर्मीहरु स्वयम् शारीरिक तथा मानसिक रुपमा असुरक्षित महसुस गरिरहेको कठिन अवस्थामा रातदिन बिरामीको उपचारमा खटिनुहुने सुष्मा कोइराला मेमोरिअल हस्पिटल लगायत अन्य सबै अस्पतालका स्वास्थ्यकर्मी साथिहरुप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु,” कोइरालाले भनेकी छन्, “सरकारले  पनि अस्पतालका समस्याहरु समाधान गर्ने तथा आबस्यक स्वास्थ्य सामग्री यथोचित र सहज तरिकाले उपलब्ध गराउने तथा डाक्टर एबम नर्सहरुलाई सुरक्षित तथा मनोबल बढाउने कार्यक्रमहरु यथासक्य छिटो लागु गरोस् ।” कोइरालले कोविड–१९ को दोस्रो लहरले हाम्रो सम्पूर्ण स्वास्थ्य अवस्था नै कोल्याप्स बनाइदिएको बताइन् । “सुष्मा कोइराला मेमोरिअल अस्पतालले पनि शुरु देखि नै कोविड संक्रमित बिरामीहरुलाइ छुट्टै युनिट बनाएर सेवा दिदै आएको छ ।  केहि बिरामीहरु निको भएर घर फर्कनु भएको छ केहि उपचाररत हुनुहुन्छ र केहि बिरामीले ज्यान गुमाउनु परेको  अवस्था छ,” उनले भनेकी छन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu