site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिला साथीको नग्न तस्बिर पोर्न साइटमा राख्ने समातिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिलालाई यौन उत्पीडन र हैरानी दिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखाको सुलिकोट गाउँपालिका–५, बारपाक घर भई हाल ललितपुरको चापागाउँ बस्ने २० वर्षीय रोलकबहादुर थापा छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्लमलाई मकवानपुर प्रहरीसमेतको सहयोगमा मंगलबार हेटौंडाबाट पक्राउ गरिएको थियो । रोलकलाई सोही दिन ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्लमले मकवानपुरकी थाइल्यान्ड बस्ने आफ्नै महिला साथीको नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा इमेलबाट पोर्न साइटसमेतमा अपलोड गरेका थिए ।

Global Ime bank

ती तस्बिर तथा भिडियोहरु पोर्न साइटबाट हटाउनको लागि उनले एक हजार ९८ अमेरिकी डलर माग गरी ‘ब्ल्याकमेल’ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य सन्देश तथा तस्बिर पठाउने गरेका थिए । अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने गरेका थिए ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय