site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमारमा चारजना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड
मृत्युदण्ड पाउने चारमध्ये एक अभियन्ता क्य मिन यु । तस्बिर स्राेत : राेयटर्स

याङ्गुन । म्यानमारको सैनिक सरकार (जुन्टा)ले चारजना प्रजातन्त्र समर्थक अभियन्तालाई मृत्युदण्ड दिएको छ । 

म्यानमारमा दशकौँपछि पहिलो पटक ठूलो सजाय दिइएको विश्वास गरिएको छ । अभियन्ता को जिम्मी र विधायक फिओ जेया लगायत चारै जनालाई आतंककारी गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको छ ।  

उनीहरूलाई गोप्य ढंगले मुद्दा चलाएर मृत्युदण्ड सुनाइएको हो । मानव अधिकारवादी समूहहरूले यस्तो मुद्दा अन्यायपूर्ण भएको भन्दै आलोचना गरेका छन् । सोमबार मृतकका परिवारका सदस्यहरू दुःखद खबर पाएपछि विचलित अवस्थामा इन्सेइन कारागारमा जम्मा भएका थिए । 

जायार थका आमाले आफ्नो छोरालाई कहिले मृत्युदण्ड दिइन्छ भन्ने यकिन समय आफूलाई नभनिएको र त्यसको कारण राम्ररी परम्परागत अन्त्येष्टि योजना तयार गर्न नसकेको गुनासो गरेकी छन् । 

जाराकी आमा खिन विन मेले बीबीसीको बर्मेली सेवालाई भनिन्, “हाम्रो शुक्रबार जूममा कुरा भएको थियो । मेरो छोरा स्वस्थ्य र हसिलो देखिन्थे । उनले पढ्ने चश्मा, शब्दकोष र केही पैसा कारागारमा पठाइदिन अनुरोध गरेका थिए । त्यसैले आज मैले ती सबै चिज लिएर यहाँ आएकी छु । छोराले यी चिज मगाएकै कारणले पनि मलाई उनीहरूले उनलाई मृत्युदण्ड देलान् जस्तो लागेको थिएन । अझै पनि विश्वास लागेको छैन ।”

यसैगरी जिम्मीकी बहिनी क्य मिन युले आफूहरूलाई अझै सम्म शव जिम्मा लगाइ नसकेको बताएकी छन् । 

सरकारी समाचार सञ्जाल ग्लोवल न्युज लाइट अफ म्यानमारले निर्मम र अमानवीय आंकककारी कार्यका लागि निर्देशन, व्यवस्थापन र षड्यन्त्र गरेको कारण उनीहरूलाई मृत्युदण्ड दिइएको जनाएको छ ।  

बीबीसीबाट । 
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro