site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना जोखिम भत्ता नपाएपछि भिम अस्पतालका स्वास्थकर्मीद्वारा आजदेखि आन्दोलनमा
Sarbottam CementSarbottam Cement

बुटवल । कोरोना जोखिम भत्ता पाउनुपर्ने माग गर्दै रुपन्देही भैरहवास्थित भीम अस्पताल संघर्ष समिति गठन गरेका स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । गते १३ गते भैरहवास्थित भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले पत्रकार सम्मेलन गरी आफूहरुले जोखिम भत्ता पाउनुपर्ने माग राखेका थिए । उनीहरुले असार १६ गतेसम्म पर्खने र सो समयसम्म पनि माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका थिए । सोहीअनुसार आन्दोलनका कार्यक्रम घोषणा गरिएको संघर्ष समितिका अध्यक्ष तथा स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए ।  सरकारले घोषणा गरेअनुसार स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिम भत्ता पाउन नसकेको उनको भनाइ छ ।

विज्ञप्ति जारी गर्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । कार्यक्रमअनुुसार असार १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा भीम अस्पतालको ओपिडी सेवा बन्द गर्ने, १८ गते अस्पताल परिसरमा सम्पूर्ण कर्मचारी धर्नामा बसी दबाब दिने, १९ गते बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा ओपिडी सेवा बन्द गर्ने, २० गतेदेखि ओपडी सेवा पूर्ण रुपमा बन्द गर्ने कार्यक्रम रहेको समितिका सचिव जनकराज पन्तले जानकारी दिए । संघर्ष र आन्दोलनका सम्पूर्ण गतिविधि र प्रगतिबारे जानकारी गराउन दैनिक पत्रकार सम्मेलन गरिने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक वर्षको अन्तिम महिना सकिनै लाग्दा समेत कोरोना जोखिम भत्ता उपलब्ध गराउन कुनै किसिमको तदारुकता नदेखिएकाले भीम अस्पताल (कोरोना अस्पताल) मा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी विगत १० दिनदेखि विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसँग भेटघाट छलफल, प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको तथा भीम अस्पताल विकास समिति, अस्पताल प्रशासन लगायत निकायसँग विभिन्न चरणमा सम्वाद गर्दै पत्रकार सम्मेलन लगायतका कार्यक्रम गरिसकिएको उपाध्यायले बताए । 

Global Ime bank

संघर्ष समितिका अध्यक्ष गोपाल उपाध्यायकाअनुसार भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ६ महिनाको १ करोड ४९ लाख ८० हजार रकम पाउन बाँकी छ ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्तावापतको रकम पाएका छैनन् । अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतका स्वास्थ्यकर्मीले गत असार ७ गते संघर्ष समिति बनाएर प्रशासन कार्यालय र सरकारसँग भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । तर अझैसम्म मागको सुनुवाई हुन सकेको छैन ।

अस्पताल प्रशासनले भने स्वास्थ्यकर्मीले पाउनुपर्ने कोरोना जोखिम भत्ताका लागि मन्त्रालयमा निरन्तर पहल भइरहेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय