site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध, अवज्ञा गरे कारबाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।  

पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिबानासहित थप कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

होटल रेस्टु0राँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उनले बताए ।  

सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए ।

Global Ime bank

नागरिकको सहजताका लागि महानगरले २४सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय