site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ ।   

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे ।   
 
सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह  र शर्मिला सुडी विजयी भएका काठमाडौंका मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाले जानकारी दिए ।   

वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो । रासस 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय