site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको प्राथमिकतामा कोरोना नियन्त्रण : के के छन् उपलब्धि ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका 'उपलब्धि'हरू ४७ बुँदामा प्रस्तुत गरे । सरकारको पहिलो प्राथमिकता कोभिड संक्रमणबाट जनताको जीवन रक्षा गर्ने रहेको उनको भनाइ छ ।

शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई संचालन गर्ने समेत प्राथमिकता भएको बताएका प्रधानमन्त्रीले आफ्नो छ महिने कार्यकालमा विभिन्न सुधार कार्यहरू अगाडि बढाएकाले मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको दाबी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“यस अवधिमा १८ वर्ष माथिका १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनता मध्येमा ५९.६ प्रतिशतलाई पूर्ण मात्राको खोप उपलब्ध गराइएको छ भने ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ,” प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन्, “यो अवधिसम्ममा विभिन्न प्रकारका कुल ४ करोड ३ लाख ८ हजार ८ सय ४० डोज खोप प्राप्त गरी २ करोड ७२ लाख ७५ हजार ९ सय ९७ डोज खोप वितरण गरिएको छ । पुस मसान्तसम्ममा  एक मात्रा खोप लगाएको जनसंख्या १ करोड ५६ लाख ६ हजार २१ र पूर्ण मात्राको खोप लगाएको जनसंख्या १ करोड १ लाख ६९ हजार ९ सय ७४ रहेको छ ।”

प्रधानमन्त्री देउवाले १२ देखि १७ वर्ष उमेरका १८ लाख भन्दा बढी किशोर किशोरीहरूलाई पहिलो मात्राको खोप दिइएको बताएका छन् । अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरूका लागि बुस्टर डोज अभियान सुरु भइसकेको भन्दै उनले ६० वर्ष भन्दा माथि उमेर समूहका नागरिकहरूका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइनेछ उल्लेख गरेका छन् । 

Global Ime bank

“५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिनेछ,” प्रधानमन्त्रीले सम्बोधनमा भनेका छन् ।

उनले कोभिड १९ विरुद्धका विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको तथा संक्रामक रोगविरुद्ध खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने र तरल (लिक्विड) अक्सिजन उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय