site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ, समस्या छैन : कुलमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा समस्या नहुने जनाएको छ ।

विगतमा लोडसेडिङ हुँदाताका दसैँ, तिहार र छठसम्म विद्युत्को माग उच्च हुने भए पनि अहिले यो समयमा भन्दा अरू समयमा नै विद्युत्को माग उच्च हुने गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यो वर्ष भदौमा एक हजार ६२० मेगावाटसम्म विद्युत् माग भएको र तिहारमा अधिकतम एक हजार ५०० मेगावाट मात्रै माग हुने अनुमान रहेको पनि उनले बताए । अहिले दुई हजार मेगावाटभन्दा बढी जडित क्षमता रहेकोमा ‘अपरेसन’मा करिब एक हजार ६०० मेगावाट मात्र रहेको उनले जानकारी दिए ।

यो वर्ष अहिलेसम्म कुलेखाली चलाउनु नपरेको अवस्थामा पनि दिउँसो करिब २०० र राति करिब ५०० मेगावाट सरप्लस रहेको उनले बताए ।

Global Ime bank

“तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था आउँदैन । जति उपकरण चलाए पनि समस्या हुँदैन । तिहारमा मजाले झिलिमिली बनाउँदा हुन्छ,” मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय