site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले बनाउन खोजेको एमाले कस्तो ? विश्लेषक भन्छन्– पार्टीमा आफूलाई ‘राजा’जस्तै मानुन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले यतिबेला अधिवेशनमा होमिएको छ । 

नेकपा एमालेको भन्दा निकै अघिदेखि महाधिवेशनको तयारीमा रहेको कांग्रेस भने निकै अलमलमा छ । कांग्रेसले चौथोपल्ट तय गरेको महाधिवेशनको मिति पनि सर्ने निश्चित छ तर अर्को महाधिवेशन कहिले भन्ने केही स्पष्ट छैन ।

१३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन भने त्यसबाहेकका धेरै जिल्लामा पालिकास्तरभन्दा माथि अधिवेशन हुन सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

उता प्रतिष्पर्धी पार्टी नेकपा एमालेले भने वडा र पालिकास्तरको अधिवेशन लगभग सम्पन्न गरेको छ । केही स्थानमा वर्षाका कारण रोकिएको भए पनि अधिकांश स्थानमा सम्पन्न भएको छ त्यो पनि सहमतिका आधारमा ।

कात्तिक ६ गते ६ हजारभन्दा बढी वडामा एकैसाथ अधिवेशन सम्पन्न भयो । मंगलबार देशभरका ६ सयभन्दा बढी पालिकामा अधिवेशन सम्पन्न भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार अधिकांश वडा र पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको  छ । 

Global Ime bank

सर्वसम्मत नेतृत्व चयनको विषयलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदा लोकतान्त्रिक अभ्यास पनि गर्न नपाइएको कतिपयको गुनासो छ । 

एमालेका उपमहासचिव घनश्याम भुसालले सोमबार बेलुकी पालिकाको नेतृत्व लोकतान्त्रिक चरित्रको हुनुपर्ने भन्दै फेसबुकमा स्ट्याटस नै लेखे । उनले पालिकास्तरका अधिवेशनहरुमा क्रान्तिकारी, लोकतान्त्रिक तथा समावेशी कमिटीहरुको निर्वाचन हुने कुराको महत्व रहेको औंल्याए । 

“पालिकास्तरको नेतृत्वको क्रान्तिकारी र लोकतान्त्रिक चरित्रको ग्यारेन्टी गर्न सकियो भने माथिल्लास्तरमा आउन सक्ने विचार तथा सिद्धान्तहीनता र त्यसले उत्पन्न गर्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थजस्ता खतरासँग सजिलै जुुध्न र परास्त गर्न सकिन्छ,” भुसालले भनेका छन ।

राजनीतिक विश्लेषक नारायण ढकाल अधिवेशनमा लोकतान्त्रिक अभ्यास नभएको टिप्पणी गर्छन् । तत्कालीन महासचिव मदन भण्डारीको अभ्यास एमाले अध्यक्ष ओलीलाई मन नपरेको उनको विश्लेषण छ । 

“मदन भण्डारीले महासचिव भएर पार्टीको नेतृत्व गरेको बेला प्रजातान्त्रिक अभ्यास होस् भनेर तलैदेखि छलफल गर्ने, आफूलाई  मन परेको व्यक्तिलाई मत दिएर नेतृत्व चयन गर्ने वातावरण बनाउनु भएको थियो,” ढकालको विश्लेषण छ, “तर त्यो कुरा अध्यक्ष ओलीलाई मन परेन । पार्टीभित्र फरक किसिमको विचार राख्नेहरुलाई त उहाँले हटाउँदै जानुभयो । त्यही मान्यता अधिवेशनमा देखिन्छ ।” 

ओलीले भने पार्टीमा पूर्ण लोकतान्त्रिक अभ्यास भएको दाबी गरेका छन् । उनले पूर्ण आन्तरिक लोकतान्त्रिक अभ्यास गर्न पनि आग्रह गरेका छन् । 

ओलीले मंगलबार पार्टी कार्यालयबाट पालिका अधिवेशनको उद्घाटन गर्दै लोकतान्त्रिक अभ्यास गर्न र अस्वस्थ प्रतिस्पर्धा भने नगर्न आग्रह गरे । 

पार्टीमा अनुशासहीन गतिविधि नगर्न चेतावनी  पनि दिए । कार्यक्रममा ओलीले यस्तो भनेका थिए –
हाम्रो पार्टी आन्तरिक जीवनमा पूर्ण रुपमा लोकतान्त्रिक अभ्यास गर्दछ । हामी प्रतिष्पर्धामा विश्वास गर्दछौं । आन्तरिक रुपमा पनि प्रतिष्पर्धा हुन सक्दछ । प्रतिष्पर्धा होस् । तर, स्वस्थ प्रतिष्पर्धा होस् । तर, हरेक ठाउँमा प्रतिष्पर्धा नै गर्नुपर्छ । प्रतिष्पर्धा, चुनाव बाक्सा थाप्नेबाहेक मूल्यांकनको परिपाटी नै हुँदैन । अथवा हामी सही मूल्यांकन गर्न सक्दैनौं, समझदारी राख्न सक्दैनौं, एउटा साथीको नेतृत्वमा एउटा टिम, एउटा टिमको नेतृत्वमा कमिटी यी आधारमा सहमति समझदारीका साथ गर्न सक्दैनौं भन्ने होइन । समझदारी सहमतिका साथ अगाडी बढ्ने कुरा वास्तवमा लोकतन्त्रको उन्नत स्तरको अभ्यास हो । त्यसकारण यतिबेला देशको माग चाहिँ के छ ? हाम्रो बीचमा उन्नत समझादराी होस् । एकता होस् । त्यो एकता जनताले देख्न पाउन । जनता खुसी होउन् । जनतामा एमाले एकताबद्ध भएर अघि बढेको छ । हाम्रा समस्या माग पूरा गर्न भन्ने अनुभूत जनताले गर्न सकोस् । त्यो अहिलेको समयको माग हो । हाम्रा विरोधीहरु हाम्रा महाधिवेशन हुन्छ । ६ हजार ३ सय ४५ प्रतिनिधिहरु एकठाउँ जम्मा हुन्छन् , अत्यन्त सर्वसमझदारी ढंगले, सर्वसम्मत ढंगले भव्यताका साथ महाधिवेशन सम्पन्न हुन्छ । व्यवस्थापनमा कहीँ खोट लगाउने ठाउँ छैन । त्यस्तो भएपछि किन विवाद भएन ? भनेर कराउँछन् । किन एमालेमा विवाद भएन होला ? किन झै–झगडा भएन होला ? उनीहरुको चिन्ता त्यस कुरामा हुन्छन् । जे हाम्रा विरोधीले चाहन्छन् त्यही गर्दिनु आवश्यक छैन । 

यसको सन्देश के ? 

विश्लेषक ढकाल सर्वसम्मत रुपमा ओलीले महाधिवेशन गर्न खोजेको बताउँछन् । तल्ला स्तरका अधिवेशन सर्वसम्मत गरेर महाधिवेशनबाट सर्वसम्मत रुपमा चयन हुने सन्देश दिएको उनको भनाइ छ । 

“ओलीजीको माथिसम्म सर्वसम्मत गर्ने चाहना हो । आफू पनि सर्वसम्मत हुने सन्देश दिन खोज्नुभएको हो । पार्टीमा जीवन्त एकाइ हुन्छ,” ढकाल भन्छन्,“त्यहाँभित्र विवाद हुन्छ । त्यहाँभित्र धेरै मत हुन्छ । त्यसलाई व्यवस्थित गर्दा नै नेता हुन्छ भन्नेमा उहाँलाई विश्वास छैन । आफूलाई सबैले जिन्दावाद मात्रै गरुन् भन्नेमा मात्रै विश्वास छ ।”

ओलीमा विगतका राजाहरुको जस्तो चरित्र झल्किने उनको भनाइ छ । 

“विधान महाधिवेशनमा ठूलो–ठूलो होर्डिङ बोर्डमा चित्रहरु, सडकमा चित्र राखेको देखियो । यसले उहाँमा पहिले राजाहरुको जस्तै कल्चर देखिन्छ,” उनले भने । 

पार्टीभित्रको फरक मतलाई दबाउने प्रयासमा ओली लागेको उनको प्रतिक्रिया छ ।

“जुन ढंगले देशभर संरचना बन्दै आइरहेको छ । फरकमत राख्नेको अस्थित्व देखिँदैन । फरक विचार राख्ने किचिमिचि नै हुने देखिन्छ,” उनले भने,“फरक मतको स्वर आए पनि कतै टाढा हराउने जस्तो देखिन्छ । यो पुरानो ढाँचाको एमाले होइन । अर्कै ढाँचाको एमाले बनाउन खोज्दै हुनुहुन्छ ।”

एमालेका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई भने एमाले विभाजन गर्न खोज्नेहरुलाई गतिलो झापडको रुपमा व्याख्या गर्छन् । अहिले सर्वसम्मत हुँदा आगामी निर्वाचनको टिकट वितरणमा पनि सहज हुने र पहिलेको भन्दा बढी मत ल्याउन सक्ने उनको दाबी छ । 

“एमाले विभाजन गर्न सकिन्छ कि भनेर धृष्टता गरेका माधव नेपालहरुलाई सर्वसम्मति रुपबाट अधिवेशन गरेर सतर्क हुन खबरदारी गर्न सफल भएका छौं,” उनी भन्छन्,“ यसले  आगामी निर्वाचनमा पनि हामीलाई टिकट वितरण गर्न पनि सर्वसम्मतिले अघि बढ्न प्रेरित गर्छ । एकताबद्ध रुपमा अघ बढ्ने संकल्पले मात्रै पहिलेको भन्दा बढि मत ल्याउन सक्छौं ।”

कसरी सम्भव भयो ? 

एमालेका उपाध्यक्ष युवराज ज्ञवाली भर्खरै पार्टी विभाजन भएकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सकिएको बताउँछन् । एमालेबाट माधवकुमार नेपाल लगातयले विद्रोह गरेर नयाँ पार्टी गठन गरेका छन् । ज्ञवाली नेपाल एमालेमा रहँदा उनकै समूहमा थिए । 

“भर्खरै पार्टी विभाजन भएको छ । अधिवेशनमा आकांक्षी धेरै हुँदा नेतृत्वमा नपुग्नेको मन खिन्न हुन्छ । त्यसैले पार्टीलाई एकताबद्ध बनाउन सहयोग गर्र्र्दैन । महाधिवेशनमा सर्वसम्वत चयन गर्नुपर्छ भन्ने आम पार्टी पंक्तिमा पर्न गएकाले यो सम्भव भएको देखिन्छ ,” उनले भने । 

अहिलेको समयमा पार्टी एकताबद्ध गर्ने सुत्र नै सर्वसम्मत नेतृत्व भएको उनको भनाइ छ । त्यस्तै, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउनका लागि एकताबद्ध हुन पनि सर्वसम्मत नेतृत्व चयन गरिएको उनको टिप्पणी छ ।

“पाँच दलीय गठबन्धन चुनावमा जसरी पनि एमालेलाई हराउने भनेर लागिरहेको छ । अहिले महाधिवेशन सर्वसम्मत नहुँदा त्यसको असर चुनावमा पर्छ । केही महिनामा नै चुनावमा जानुपर्ने भएकाले अहिले विवाद गरिरहन आवश्यक छैन । पार्टीलाई एकताबद्ध बनाउने सुत्र नै अहिले महाधिवेशन सर्वसम्मत हुनु हो,” ज्ञवालीले भने ।

त्यस्तै पार्टीको महाधिवेशन पनि सर्वसम्मत रुपमा हुनसक्ने उनको भनाइ छ । सर्वसम्मत हुनुले पार्टीमा गुटबन्दी नरहेको पनि स्पष्ट पार्ने उनको भनाइ छ । 

“ढिलोचाढो मात्रै हो, गुट बन्दै गयो भने पार्टी विभाजनमा पुग्छ । ०५४ सालमा पनि गुटबन्दीले विभाजनमा पुग्यो । नवौं महाधिवेशनमा अलग–अलग प्यानल गर्‍यौँ । त्यो खतरनाक खेल थियो । त्यस्तो काम गर्नु गल्ती भयो भनेर महसुस गर्‍याैँ,” उनले भने “त्यसकारण गुटबन्दी हुनु हुँदैन । पार्टीमा गुट होइन व्यक्तिको स्वतन्त्रता हुनुपर्छ । व्यक्तिगत तवरले चुनाव उठ्ने, हार्ने हुनुपर्छ भन्ने मान्यता छ ।”

उनले प्रजातान्त्रिक अभ्यासमा नरोकिएको बताए । कोही उमेदवार हुन्छु भनेर आए नरोकेको उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement