site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् विघटन मुद्दाको फैसला आज आउन सक्ने

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला आज दिन सक्ने भएको छ ।

सुनुवाइका सबै प्रक्रिया पूरा भएकाले आजै फैसला आउन सक्ने बताइएको छ ।

Dabur Nepal
NIC Asia

आज सर्वोच्चले दिने फैसलालाई नेपालको राजनीतिमा अति महत्वका साथ हेरिएको छ । सर्वोच्चको फैसलाले संविधानको धारा ७६(५) को व्याख्यासहित गतिहीन बनेको नेपालको राजनीतिले सही दिशा लिन सक्ने बताइएको छ ।

सर्वोच्चले धारा ७६(४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत लिन वा पदबाट राजीनामा गर्न आदेश दिन सक्ने सक्ने एक कानुन व्यवसायीको तर्क छ ।

उनले राष्ट्रपतिलाई बुझाएको हस्ताक्षरमध्ये एकलाई शपथ ग्रहण गराउन परमादेश हुन सक्ने वा संसद् विघटनलाई सदर गरिदिनेलगायतका विकल्प अदालतसँग रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरियोस् भन्दै १४६ सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेको छ । १४६ जना सांसद नै उपस्थित भएर रिट दायर गरेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro