site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपेन्द्र–बाबुराम भन्छन् : पार्टी फुटेको छैन, एक ढिक्का छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी विभाजन नभएर एक ढिक्का भएको दाबी गरेका छन् । उनले आज सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको बैठकबाट निस्कने क्रममा केही व्यक्तिहरूलाई कारबाही गरेर निकालिएको र पार्टी एक ढिक्का रहेको प्रतिक्रिया दिए ।

“केही मान्छेले निर्णय उलंघन गरेका कारण निष्कासित गरेको छ । पार्टी फुटेको छैन ।  जसपा अहिले एउटै छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसपामा यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेको छ । ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको छ । जसपा विवाद अहिले निर्वाचन आयोगमा छ ।

आफूहरूले कमिटीबाट कारबाही गरेको र ठाकुर पक्षले आफूलाई कारबाही गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।

“आफ्नै मनले निष्कासन हुँदैन । कारबाही ग कमिटी चाहन्छि नि । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अध्यधिक बहुमतले पार्टीको विधान अनुसार व्यक्तिलाई निष्कासन गरेको हो । पार्टी एकजुट छ एकजुट रहन्छ,” उनले भने । 

संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि आफ्नो पार्टी एक ढिक्का रहेको जिकिर गरे । 

महन्थ पक्ष सरकारमा सामेल भएकोबारे उनले भने, “केही मान्छेले गलत बाटो लिए त्यो दुर्भाग्यपूर्ण छ । तैपनि हाम्रो पार्टी मूल रूपमा एक ढिक्का नै छ । केही मान्छे पलायन भएर गएका हुन् । उहाँहरूले विस्तारै त्यो बुझ्नुहुन्छ । त्यो गलत बाटोले धोका दिन्छ । त्यसले मधेस आन्दोलनलाई धोका दिन्छ ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्