site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आफ्नो पक्षमा नआएपछि प्रदेश २ का महन्थ पक्षीय मन्त्रीहरू बर्खास्तीमा

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

उनले आइतबार बेलुका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् । सो समूहबाट भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, पर्यटन राज्यमन्त्री सुरेश मन्डल र वन राज्यमन्त्री अभिराम शर्मा  सरकारमा थिए ।

उनीहरूलाई जसपाका अध्यक्ष उपेन्द्र यादव समूहमा आउन आइतबार साँझसम्मको समय दिइएको थियो । तर उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि बर्खास्तीमा परेका हुन् ।

उपेन्द्र पक्षधर आइतबार नै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतले चयन गरेको छ । उनीहरूले आफू अनुकूल विधानसमेत पारित गरेका छन्
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro