site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रस्तावपछि खनाल–नेपाल समूह आन्तरिक छलफलमा, सोमबार मात्रै धारणा सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शर्तसहित जेठ ३ मा फर्कन तयार भएको घोषणा गरेपछि खनाल–नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सोमबार छलफल गरेपछि मात्रै धारणा सार्वजनिक गर्ने बताए ।

“प्रधानमन्त्रीको ६ बुँदे प्रस्ताव हामीले थाहा पायौँ । त्यसबारे भोलि औपचारिक छलफल गर्छौं,” उनले भने त्यसपछि मात्रै धारणा बताउन सकिन्छ । ”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै अर्का नेता सुरेन्द्र पाण्डेले पनि सोमबार मात्रै धारणा राख्ने बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताएका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने पनि प्रस्ताव गरेका थिए । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने प्रधानमन्त्रीको घोषणा थियो ।

त्यसका लागि आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने उनको शर्त थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्