site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले अध्यक्ष ओलीद्वारा एकता प्रस्ताव : हस्ताक्षर फिर्ता लिनुस् जेठ ३ मा फर्कन तयार छु 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी  (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ मा फर्कन तयार रहेको बताएका छन् । खनाल–नेपाल समूहले आजै (आइतबार) ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए । उनीहरूले कारबाही फिर्ता लिएमात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए ।

पार्टी अध्यक्ष ओलीले आजै साँझ ६ बुँदे एकता प्रस्ताव अघि सारेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् । मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ । आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा  प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,” उनले भनेका छन् ।

यसबीचमा भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुने कारबाही नगरिने, पूर्वाग्रह नराखिने र कुनै भेदभाव नगरिने उनले बताएका छन् । “नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ,” उनले विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्