site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहुल राज्य नभएसम्म अधिकार र पहिचानको लागि आन्दोलन भइरहन्छ : उपप्रधानमन्त्री महतो
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् ।

शनिबार जनता समाजवादी पार्टी (जसपा)को पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसको जनताको सहभागिता हुनुपर्ने बताए । बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उनले उल्लेख गरे ।

बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए । “नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण ३६ जातको फूलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्योअनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ,” उनले भने, “विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन, बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र, यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार, पहिचानका लागि संघर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानको लागि ।”

देश सबै नेपालीको हुनुपर्नेमा उनले जोड दिए । “नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँ–जहाँ कमी कमजोरी छ, जहाँ–जहाँ विभेद छ, जहाँ–जहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ, त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ,” उनले भने ।

जसपाका वरिष्ठ नेतासमेत रहेका महतोले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताए । देशका सबै कुरा ठिकठाक नभएको भन्दै उनले नियम, कानुन, संविधान र शासनमा भएको कमी–कमजोरीलाई संशोधन र सुधार गर्दैै जानुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro