site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना ‘निषेधाज्ञा’ : हाम्रो बुझाइ र सरकार 

सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ नेपालमा । यसै क्रममा गत वैशाखको दोस्रो सातादेखि नेपालका केही जिल्लाबाट सुरु भएको निषेधाज्ञा हाल आंशिक र पूर्ण गरी लगभग ७५ वटा जिल्लामा लागू भएको छ । हाम्रो देशको दयालु सरकारले आप्mना प्यारा जनताको ज्यान नजाओस् भनेर निषेधाज्ञा लागू गरेको छ ।

तर, अत्यावश्यक वस्तुहरु जस्तै खान्तेपिन्ते, अन्य सेवासुविधा, औषधोपचार, सार्वजनिक यातायात नचलेको अवस्थामा सहायताको प्रबन्ध बिना नै निषेधाज्ञा लागू गरेको छ । परिश्रम गरेर खानुपर्ने कोही पनि काम गर्न जानसक्ने अवस्था नहुँदा बिस्तारै कोरोनाको महामारीले भन्दा पनि निषेधाज्ञाका कारणले धेरै सर्वसाधारण नेपालीले जीवन धान्नै नसक्ने हुँदैछ । जान्ने, बुझ्नेहरुका भनाइअनुसार त कति निमुखा, गरिब, दुःखी र बेसहाराको त कुन दिनदेखि निषेधाज्ञाका कारण खान नपाएर मृत्यु हुने हो । कुन दिनदेखि यो समाचार विभिन्न सञ्चारमाध्यममा आउन थाल्ने हो ? 

यस पटक निषेधाज्ञा वा लकडाउन हचुवाको भरमा हत्तपत्त खोली हाल्न पनि नमिल्ने भन्ने विषय विज्ञको राय रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुका अनुसार सरकारले हचुवाको भरमा निषेधाज्ञा हटायो वा खोल्यो भने हालको भन्दा तीन, चार गुणा बढी मानवीय क्षति हुनसक्छ ।

परन्तु, खानेबस्ने व्यवस्थाबिनाको यस निषेधाज्ञाको पनि समय सकिनै लागेको छ । तर, कोरोनाको दोस्रो लहर रोकिने त परको कुरो कम हुने छाँटकाँटसमेत देखिएको छैन । यसबीचमा फेरि एकैचोटि अर्को दुई साता निषेधाज्ञा थप्दा गरिब र बेसहाराको हालत के होला ? कसैले सोचेको छ ? बिरामी भएरभन्दा पनि निषेधाज्ञाका कारण काम र कमाइ नहुँदा खान नपाएर धेरै मान्छे मर्लान् जस्तो देखिन्छ । 

Global Ime bank

यो वर्ष कोरोना महामारीको दोस्रो लहर यो हदसम्म पैmलनुमा सबैभन्दा ठूलो हेलचेक्य्राइँ र गल्ती राजनीतिक दलहरुबाट भयो ।

त्यसमा पनि सरकार पक्ष बढी दोषी छ । किनभने सरकार भनेको त जनताको अविभावक पनि हो । तर, सरकार प्रमुख स्वयं पार्टीको आन्तरिक किचलो सही किसिमले समाधान गर्नुको सट्टा आफ्नै दलभित्रको प्रतिपक्षलाई शक्ति देखाउने नाममा गाउँगाउँबाट बसमा हालीहाली मान्छे जम्मा गरेर भिडभाडका साथ ठाउँठाउँमा विभिन्न कायक्रमा संलग्न भए । सरकारको विपक्षमा भएकाले पनि झनै धेरै र ठूलो भिड जम्मा पारेर देशैभरिका ठूला सहरबजारमा जुलुस,सभा तथा विरोध कार्यक्रम गरे । 

भारतमा कोभिड–१९ को दोस्रो लहर सुरु हुनेबित्तिकै भारतको विभिन्न राज्यमा रोजगारीमा गएका नेपाली घर फर्कन थाले ।

तिनलाई  निश्चित अवधिसम्म व्यवस्थित ढंगले सीमा क्षेत्रमै राख्नुपर्ने थियो । फर्कनेहरुे पनि निश्चित अवधिसम्म व्यवस्थित ढंगले सीमा क्षेत्रमै अनुशासित भएर बस्नुपर्ने थियो ।

काठमाडाैं उपत्यकामा सरकारले निषेधाज्ञा लागू गर्ने भएपछि उपत्यका छाडेर धेरै मान्छे आआफ्नो घर गए । तीमध्ये कतिपयले कोभिड–१९ को भाइरस पनि गाउँगाउँ लगे होलान् । अहिलेसम्म कसैले अध्ययन, अनुसन्धान गर्ने कुरो त परै जाओस् रेकर्डसम्म राखेका छैनन् होला ! यो त स्थानीय निकायले आआफ्नो क्षेत्र/गाउँ टोलमै प्रभावकारी ढंगले राख्न सकिन्थ्यो । 

कोरोना महामारी सुरु हुँदा केही विषय विज्ञले कोरोनाभाइरसको जोखिम २०२५ सम्म पनि रहनसक्छ भनेका थिए । केही विषय विज्ञले यो महामारी एचआईभी/एडस् जस्तै लामो समयसम्म रहन सक्छ भनेका थिए । विश्व स्वास्थ्य संगठन प्रमुखले कोरोना ठीक हुन अझै दुई वर्ष लाग्ने भनेका थिए । अहिले त विज्ञहरु यो महामारी सँधै रहनसक्छ पो भन्न थालेका छन् । 

विश्वका अधिकांश कोरोना प्रभावित देशले संक्रमण नियन्त्रणको रामवाण ‘निषेधाज्ञा’ वा ‘लकडाउन’ मात्रै होइन रहेछ भन्ने बुझेर नै होला तिनले ‘निषेधाज्ञा’ वा ‘लकडाउन’ हटाएका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउने, निश्चित दूरी कायम गर्ने, अनावश्यक भिडभाड नगर्ने÷भिडभाडमा नजाने नियम कडाइका साथ लागू गरेर जनजीवन सहज बनाउन थालेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement