site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेता पौडेलद्वारा कोरोना उपचारमा अन्तर्राष्ट्रिय सहयोगको अपिल
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्रराष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृनिकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवनरक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्