site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
आमा : जीवित  देवी

आमा, संसारको सबैभन्दा गहन शब्द  । यस शब्दको अर्थ पर्गेल्न खोज्नु मूर्खता हुनेछ । कुनै परिभाषाले पनि यसको अर्थ पूर्ण हुँदैन । सन्तानप्रतिको जिम्मेवारीमा आमाको त्याग, तपस्या र साधनाको मर्म मेट्न निकै गाह्रो हुन्छ । 

नेपालियन बोर्नापोर्टले एउटा भनाइ निकै चर्चित छ – “एउटी असल आमा देऊ, म तिमीलाई उत्तम देश दिनेछु ।” आमा र देशमा रोज्नुपर्दा आमा पहिलो रोजाइमा पर्ने सन्देश दिएकाहुन् नेपोलियनले । 

महाभारतको कथामा यक्ष प्रश्नको प्रसंग छ । पानी खोज्न गएका भाइहरु नफर्केपछि खोज्न गएका युधिष्ठिरलाई यक्षले उनका भाइहरुले आफ्नो अवज्ञा गरेकाले मृत्यु भएको बताउछन् । युधिष्ठिर यक्षका प्रश्नको उत्तर दिन तयार हुन्छन् । यही क्रममा प्रश्न हुन्छ – पृथ्वीको भन्दा बढी भार कस्को हुन्छ ? युधिष्ठिर जवाफ दिन्छन् : माता अर्थात् आमा । पृथ्वीभन्दा विराट, गरुङ्गो भार आमाको हुन्छ । 

Agni Group

पूर्वीय शास्त्रमा आमालाई देवी मानिएको छ । “मातृदेव भवः“ भनिएको छ । रामायणमा आमा र मातृभूमिलाई स्वर्गभन्दा गरिमामयी मानिएको छ । जन्मदिने आमा र जन्मिएको भूमि सबैभन्दा प्यारो भनिएको छ ।  

मानिस जातिमा मात्र होइन अन्य जीवजन्तुमा पनि आमाको ममता, मायाका दृष्टान्त देखिन्छ । पशुमा विवेक हुँदैन भन्छन तर तिनले पनि आफ्ना सन्तानको मायामा ज्यानसमेत दिएका हुन्छन् ।

Global Ime bank

आमाले नौ महिना कोखमा राखेर आफ्नो दुध चुसाएर हुर्काउँछिन् । जीवनको श्री गणेश आमाको कोखमै हुन्छ । विडम्बना, कतिपय आमा सन्तानको हेला सहेर बाँचिरहेका छन् । कैयौं आमा सडकमा अलपत्र छन्, कतिपय परोपकारी संस्थाहरुको आश्रयमा छन् । 

आमा जसरी आफ्ना सन्तानप्रति समर्पित हुन्छिन् सन्तान पनि उनीप्रति जिम्मेवार हुनुपर्ने होइन र ?

पछिल्लो समयमा प्रायः सन्तान एकातिर मातापिता अर्कोतिर हुने धेरै देखिएको छ । बदलिँदो जीवन शैलीले सन्तानहरु सँगै बस्ने परिस्थिति कम हुँदैगएको छ । सन्तानले बुढेसकालमा बुबाआमाको हेरचाह गर्न सकिरहेका छैनन् । व्यावसायिके वाध्यताले वृद्ध बुबाआमा एकातिर छाडिने र छोराछोरी अन्तै स्वदेश वा विदेशको कुनै स्थानमा बस्नुपर्नेे अवस्था छ । आफैँ पकाउने, खानसक्ने उमेरसम्म त जसोतसो होला तर वृद्ध र बिरामी बुबाआमासँग सन्तान नहुँदा हेरचाह कसरी होला ? 

बिरामी बुबाआमा एकातिर, आफू जागिर वा अरु व्यवसायमा अन्तै हँुदा उचित हेरचाह हुन सक्दैन । फलस्वरुप, छोराछोरीलाई तनाव हुन्छ भने बुबाआमा असहाय हुन्छन् । यस्तो परिस्थिति भविष्यमा अझ बढ्ने छ । त्यसैले यस्तो परिस्थितिको सही सम्बोधन गरेर समाधान गर्नुपर्छ ।

खासगरी गाउँमा बासिन्दा यस्तो समस्या देखिन्छ । छोराछोरी पढ्नलेख्न,  रोजीरोटीको जोहो गर्न सहर वा विदेश जान्छन् ।

उनीहरु आमाबाबुलाई सँगै राख्न सक्तैनन् । उता गाउँमा थोत्रो घरमा बूढाबुढी बाबाआमा हुुन्छन् । सन्तानको बाटो कुरेर बस्छन् ।

आमाबाबुको उचित हेरचाह, स्यारसुसारको लागि प्रबन्ध मिलाउन ढिलो गर्नु हुँदैन । उचित व्यवस्थापनमा आमाबाबु, छोराछोरी, गाउँसमाज, सरकारसमेतले समन्वय गरेर व्यवस्था मिलाऊँ । सन्तानले पनि पहिलो प्राथमिकतामा बुबाआमाको हेरचाह र रेखदेखलाई दिऊँ । जिम्मेवार छोराछोरी बनौ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC