site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोभिड संक्रमितको तथ्यांक बाँकेमा उच्च, १८३ जनाको परीक्षणमा १२७ जनामा कोरोना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो साता बाँकेको नेपालगञ्जमा क्षेत्रमा कोभिड १९ संक्रमितको तथ्यांक उच्च देखिएको छ । 

बिहीबारसम्म संकलन गरिएका नमूनामध्ये भेरी अस्पतालमा मात्रै १८३ जनाको परीक्षण गर्दा १२७ जनाको नतिजा पोजेटिभ आएको छ ।

त्यस्तै नेपालगञ्ज मेकिडल कलेजमा विगत २४ घण्टामा ४५ जनाको परीक्षण गरिएकोमा ४५ जनाकै नतिजा पेजेटिभ देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबारसम्म नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्रै संक्रमितको संख्या २ हजार ७७६ जना पुगेको उपमहानगरका कोभिड फोकल पर्सन रामबहादुर चन्दले बताए । 

नेपालगञ्जमा तीनवटा प्रयोगशालाबाट परीक्षण हुँदै आएको छ जसमध्ये दुईवटाको पछिल्लो चौबीस घण्टाको नतिजा उच्च देखिएको हो । 

Global Ime bank

भेरी अस्पतालका सूचना अधिकारी संकेत कुमार रिसालका अनुसार कूल १२५ मध्ये ७२ वटा बेड कोभिड संक्रमितले भरिएका छन् भने दैनिक १० जनाभन्दा बढी संक्रमित बेडका लागि पर्खिने गरेका छन् । 

रिसालले भने, “अरु रोगका बिरामी धमाधम डिस्चार्ज गरेर कोभिडका बिरामी भर्ना लिन थालेका छौं त्यति गर्दा पनि सबैलाई भर्ना लिन सकिएको छैन, परीक्षण गर्नेको भीड पनि उस्तै छ यही दरमा संक्रमित बढ्दैगए कसरी धान्ने भन्नेमा अस्पतालमा छलफल सुरु भएको छ ।” 

संक्रमितमध्ये ८० प्रतिशत बाँके जिल्लाका समुदायबाटै आउने रहेको र उनीहरुको कुनै ट्राभल हिस्ट्री नरहेको रिसालले बताए । 

जिल्लाका खजुरा, राप्तीसोनारी लगायतका क्षेत्रबाट संक्रमित धेरै आउने गरेका छन् भने अधिकांस संक्रमित १८ देखि ४० बर्षसम्मका र ७५ बर्षमाथिका ज्येष्ठ नागरिक छन् ।  

त्यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार गरिएको परीक्षणमा सतप्रतिशत नतिजा पोजेटिभ आएको छ, कलेजमा ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजो पोजेटिभ देखिएको हो । 

अस्पताल प्रशासनका अनुसार नेपालगञ्ज क्षेत्रमा संक्रमितको संख्या उच्च हुँदै गएपछि आजदेखि नेपालगञ्ज मेडिकल कलेजमा पनि कोभिड संक्रमितको भर्ना लिइने भएको छ । 

पछिल्लो समय देखिएको संक्रमितको संख्या नियन्त्रणका लागि उपमहानगरले भारतका सीमा नाकामा कडाइ गरिरहेको, जिल्लाबाट अत्यावश्यक कामबाहेक अन्य प्रयोजनका लागि बाहिर जान बन्द गरिएको र आइतबारदेखि नगर क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गरिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताए । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC