site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीमा एमालेका मन्त्रीले दिए राजीनामा
फाइल तस्बिर ।

काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का तीनैजना मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेको खनाल–नेपाल समूहका मन्त्रीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामापत्र बुझाएका हुन् । मुख्यमन्त्री शाही माओवादी केन्द्रका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा मन्त्रीहरुले राजीनामा दिने सहमति भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्