site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण, स्वास्थ्य मापदण्ड पालना नगरे जरिबाना 

काठमाडौं । काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराए ।

उनका अनुसार नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ ।

त्यसको सबै व्यवस्थापन सरकारले गर्नेछ । नगरपालिका र गाउँपालिकामा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई नाका क्षेत्रमै रहेको हेल्थ डेस्कमा अनिवार्य परीक्षण गरिने छ ।

त्यहीँ नै एन्टिजेन परीक्षण गराउने र कोरोना पोजेटिभ देखिए पीसीआर परीक्षण गराउन यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

कोभिडको संक्रमण पुनः बढेको हुँदा यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।

“काठमाडौं जिल्ला प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाहरुले नै स्वास्थ्य जाँच  र एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था मिलाउने र सम्र्प व्यक्ति तोक्ने । एन्टिजेन किट स्वास्थ्य कार्यालयले उपलब्ध गराउने,” निर्णयमा भनिएको छ, “एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाउने ।”

त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

“यसअघि सबै महा–नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन र क्वारेन्टिन सेन्टरहरुलाई अद्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ आफ्नो नगरपालिकाभित्र कम्तीमा एक एक आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्ने,” निर्णयमा भनिएको छ, “स्वास्थ्यका मापदण्ड पालना नगरे दण्ड जरिबाना गर्ने । जनचेतना प्रचार प्रसार गर्न शिक्षक, नर्स, स्वास्थ्यकर्मीलाई परिचालन गर्ने ।”

 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्