site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चको फैसलाले राजनीतिलाई थप गन्जागोल बनायो : बिडारी

काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले सर्वोच्च अदालतको आजको फैसलाले नेपालको राजनीति थप गन्जागोल बनाएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी रिटमा सर्वोच्चको फैसलाबारे संक्षिप्त टिप्पणी गर्दै बिडारीले सर्वोच्चबाट मागभन्दा बढी फैसला आएका कारण राजनीलिाई थप गन्जागोलतर्फ धकेलेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“माग नेकपाको आधिकारिकतासँग मात्र थियो । तर, फैसलाले एकतालाई नै अवैध घोषणा गर्ने र विघटनमा गइसकेका दललाई व्युँताउने काम गरेको छ,” बिडारीले बाह्रखरीसँग भने, “यसले नेपालको राजनीतिलाई थप गन्जागोलतर्फ धकेलेको छ ।”

उनले निर्वाचन आयोगले निर्णय नगरेर यसै राजनीतिक संकट भइरहेका बेला सर्वोच्चको फैसलाले नयाँ संकट थपिएको बताए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:०१
प्रतिक्रिया दिनुहोस्