site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अब स्याटेलाइटबाटै घर घरमा इन्टरनेट, टेलिकम र इन्टरनेट सेवा प्रदायक जोखिममा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्टरनेटले जोडिएको संसारमा टेलिकम व्यवसाय सबैभन्दा धेरै कमाउने र सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेका छन् । तर अब यो व्यवसायमा दक्षिण अफ्रिकी अमेरिकन अर्बपति एलन मस्कको प्रवेशसँगै पूराना कम्पनी क्रमशः धराशायी हुँदै जाने प्रबल सम्भावना बढेर गएको छ भने उपभोक्तालाई सहज र सस्तो इन्टरनेट उपलब्ध हुने दिन नजिकिँदै छ ।

एलन मस्कले सञ्चालनमा ल्याएको स्टारलिंक नामक कम्पनीले जुन सेवा र सुविधाको घोषणासहित आफ्नो सेवा अमेरिकामा सुरु गरेको छ त्यसले संसारभरिका टेलिकम कम्पनीहरूको व्यापारमा ठूलो असर पार्नेछ भने उपभोक्ताले इन्टरनेटको स्पिडमा गुनासो गर्नुपर्ने अवस्था रहने छैन । 

द फोर्ब्स नामक विश्व प्रसिद्ध म्यागेजिनमा वरिष्ठ लेखक इनरिक ड्यान्स लेख्छन्, “यो वर्षको अन्त्यसम्ममा स्टारलिंकले यस्तो इन्टरनेट सेवा ल्याउँदै छ जसले उपभोक्तालाई ३०० मेगाबाइट प्रति सेकेण्डको दरले डाटा उपलब्ध गराउनेछ, जसमा करिब २० एमएस लेटेन्सी रहने छ (यसको मतलब कुनै पनि कम्प्युटरबाट गरिएको खोजको नतिजा करिब २० मिलिसेकेण्ड मा आउँछ । एक मिलिसेकेण्ड भनेको एक सेकेण्डको हजार भागको एक भाग हो) ।”

Prabhu Bank
Agni Group
NIC Asia

स्टारलिंकसँग अमेरिकी सरकारी संस्था फेडेरल कम्युनिकेशन्स कमिशनले ९० करोड अमेरिकी डलर बराबरको एक सम्झौता गरेको छ, जसअनुसार दूर्गम क्षेत्रमा यसले सहज र सस्तो इन्टरनेट सेवा पुर्‍याउनेछ । यस विषयमा अन्य इन्टरनेट सेवा प्रदायकहरूले विरोध गरिसकेका छन् । 

उनीहरूका अनुसार यो कम्पनीले उपलब्ध गराउने सेवामा कस्तो प्रकारका समस्या आउँछन् अहिल्यै थाहा नभएको र पूर्ण परीक्षण नभइसकेका कारणले भविष्यमा दुःख दिनसक्ने उनीहरूको आकलन छ । 

Global Ime bank

एनरिक लेख्छन्, “अन्य सेवा प्रदायकको गुनासोले स्पष्ट पारेको छ स्टारलिंकले कस्तो प्रकारले बजारमा हस्तक्षेप गर्दैछ भनेर ।”

एलन मस्कको कम्पनी स्पेश एक्सले अमेरिकी सरकारका लागि सस्तोमा धेरैपल्ट प्रयोग गर्न सकिने रकेट निर्माण र सफल प्रयोग गरेर आफूलाई स्थापित गरिसकेको छ । 

अब सोही रकेटको प्रयोगबाट यो कम्पनीले स्याटेलाइटहरू अन्तरिक्षमा स्थापित गर्नेछ  र सो स्याटेलाइटमार्फत घर–घरमा सीधै इन्टरनेट सेवा उपलब्ध हुनेछ । अमेरिकामा यो सेवाका लागि दश हजार व्यक्तिले सदस्यता लिइसकेका छन् । यो सेवामा इन्टरनेट र टेलिफोन दुवै प्राप्त हुनेछ ।

स्टारलिंकको सेवा प्राप्त गर्न अब कुनै पनि अफिसमा जाने, त्यहाँबाट कामदार आएर घर–घरमा वा अफिसहरूमा तार जोड्ने वा सिस्टम बनाइदिने अवस्था रहँदैन । जुन व्यक्तिलाई सो सेवा चाहिन्छ उसले स्टारलिंकको वेबसाइटमा गएर सदस्यताको लागि आवेदन दिन्छ र अनलाईन पैसा तिर्छ । त्यसपछि कम्पनीले एउटा उपकरण पठाउँछ जसले स्याटेलाइटसँग सीधै सम्बन्ध स्थापित गर्छ । यो उपकरण जडान गर्न पनि सबैले आफैले सक्ने र यसका लागि कोही थप प्राविधिक पनि नचाहिने कम्पनीले जनाएको छ । 

यो इन्टरनेट सेवाका विषयमा एलन मस्कले पहिलेनै घोषणा गरिसकेका थिए । तर उनका अन्य कम्पनीहरूको ढिलाइ हेर्दा यो प्रविधिमा पनि समयलाग्ने अनुमान धेरैको थियो, जुन गलत साबित भएको छ । एलन मस्कको कम्पनी स्टारलिंकले समयमै आफ्नो सेवा जनता समक्ष ल्याउने अवस्था देखिएको छ ।

अहिलेसम्म संसारभरीनै दूर्गम क्षेत्रमा टेलिकम सेवा पुर्‍याउन एउटा चुनौती भइरहेको अवस्थामा स्टारलिंकको सेवाबाट अति विकट क्षेत्र पनि टेलिकमका लागि दूर्गम रहने छैन । 

स्टारसिप कम्पनीले एकपल्टमा ६० वटासम्म स्याटेलाइट अन्तरिक्षमा स्थापित गर्न सक्ने कारणले गर्दा अब यो सेवा चाँडैनै विश्वभरका अत्यन्त दूर्गम क्षेत्रसम्म पनि उपलब्ध हुँदैछ । 

टेलिकम विज्ञहरूको अनुमानअनुसार अबको केही वर्षमा अहिले देखिएका ठूला टेलिकम कम्पनीहरूको अवस्था निकै नाजुक हुने वा उनीहरू अस्तित्वमानै नरहने सम्भावना बढेर गएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC