site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सुरक्षित इन्टरनेट दिवस मनाइँदै

काठमाडौं ।  नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइने भएको छ । 

बालबालिका र युवाका लागि इन्टरनेट सुरक्षित बनाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस नेपालसहित र १७० भन्दा बढी देशहरूमा मनाइँदै छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस दिवसले बालबालिका र युवाहरूका लागि अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन र बालबालिकासँग काम गरिरहेका संस्थाहरूबीच  सहकार्य र समन्वय प्रवद्र्धन गर्नका लागि सहयोग पु¥याउने चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले विज्ञप्तिमार्फत जनाइएका छन् ।

बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत् संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउने तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्