site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
  योगमाया बाल विधवा थिइनन् !

काठमाडौं । आज हरिशयनी एकादशी । भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागि क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो भन्ने धार्मिक किंवदन्ती पनि छ । 

नेपाली इतिहासमा आज अर्को विशिष्ट दिन पनि हो ।  विसं. १९९८ सालमा योगमायालगायत ६८ जनाले अरुण नदीमा जल समाधि लिएको दिन हो आज ।

भोजपुरको सिम्लेमा जन्मिएकी योगमाया बाँचुन्जेल समाजका विकृति, विसंगती चिर्न उद्यत रहिन् । तत्कालीन समाजका नारीको दुदर्शाविरुद्ध आगो ओकलिन् उनले । 

सावाँ अक्षर नचिनाइएकी योगमाया फरर्र कविता भन्न सक्थिन् । योगमाया आज पर्यन्त नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक बनेकी छन् ।

धार्मिक मिथमा आधारित उपन्यास ‘चीरहरण’ लेखेकी नीलम कार्की निहारिका उनै योगमायामा आधारित भएर ‘ठूली हजुर’ उपन्यास लिएर आउँदै छिन् । योगमायाले तपस्या गरेको, समाधी लिएको, बसेको ठाउँ समेत पुगेकी कार्कीले उपन्यासमा उनी बाल विधवा नरहेको तथ्य उजागर गरेको बताएकी छन् ।

अनुसन्धानमा योगमाया सात वर्षको उमेरमा विवाह भएको र नौ वर्षको उमेरमा विधवा भएको बताइए पनि वास्तविकता त्यस्तो नपाइएको उनको दाबी छ । भन्छिन्, “ योगमाया बाल विधवा नभइ उनका पति ईश्वर पाध्य कोइरालाले योगमायासँग विवाह भइसकेपछि पनि  सुवेदी र खत्री थरका दुई महिलासँग विवाह गरेको अनुसन्धानबाट देखिएको छ ।”

त्यस्तै उनले योगमाया र ईश्वर पाध्यको ६ महिनाको अन्तरमा मृत्यु भएको कुरा स्थलगत अध्यनबाट पुस्टि भएको बताएकी छन । 

योगमायाको जन्म थलो सिम्ले, विवाह भएको धोद्ले, उनलाई बन्दी बनाइएको दिङ्लाको राधाकृष्ण मन्दिर र अग्नी समाधी लिन लागिएको स्थल, जल समाधि लिएको अरुण नदी किनारबारे अध्ययन गरिएको उनको भनाइ छ ।

“योगमायाका बारेमा थुप्रै गुह्य खोतल्ने प्रयत्न गरिएको छ,” उनले भनिन् ।

\"\"

\"\"

 

\"\"आमुख तस्बिर : विकेपेडिया

प्रकाशित मिति: मंगलबार, असार २०, २०७४  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro