बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार राजा र माओवादी मिलेको भए... जगत नेपाल 
बाह्रखरी - आइतबार, मंसिर ७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

विस्तृत शान्ति संझौतामार्फत सशस्त्र विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आएको पन्ध्र वर्ष पुग्यो । ‘सर्वहारा वर्गको सत्ता स्थापना’का लागि भनेर माओवादीले चलाएको विद्रोहमा १७ हजार नेपाली नागरिकको ज्यान गयो । सशस्त्र विद्रोह गर्ने माओवादी आफैँ लोप भइसक्यो । जनता जहा“को तहीँ छन् । यसबीच माओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने । मन्त्री हुने र लाभका पद लिनेहरुको संख्या पनि थोरै छैन । शान्ति प्रक्रियामा आएपछि माओवादीका नाममा धेरैको ‘काँचुली’ फेरियो । अध्यक्ष दाहाल तत्कालीन नेकपा एमालेमा विलय भएका छन् भने अर्का नेता बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी परित्याग गरिसकेका छन् । 

माओवादी पार्टीको अस्तित्व बाँकी नरहे पनि राजतन्त्रको अन्त्यको जस लिने शीर्ष नेताहरुले स्वयं जनतामा छोटे राजाको छवि बनाएका छन् । संसदीय व्यवस्थाविरुद्ध विद्रोह सुरु गरेका माओवादी नेताहरु आफँै भने यतिबेला संसदीय अभ्यास छन् । ऊ बेला संसदीय व्यवस्थाको विरोधमा बन्दुक उठाउनेहरु संसदीय अभ्यासमा विकृति मिसाएर व्यवस्थालाई बदनाम गरिरहेका छन् । 

यो आलेख सशस्त्र विद्रोहमा रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राजा ज्ञानेन्द्रबीचको संवादका विषयमा केन्द्रित रहनेछ । 

Agani Group

संसद्बाट निर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरेपछि राजा ज्ञानेन्द्रले आफू खुसी सरकार बनाउने र विघटन गर्ने गरिरहेका थिए । सुरुमा लोकेन्द्रवहादुर चन्दको अध्यक्षतामा सरकार बनाए । माओवादी वार्तामा आए तर वार्ता सफल भएन । चन्दलाई राजीनामा गराई राजाले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । थापाको पालामा पनि वार्ता सफल भएन । उनलाई पनि राजीनामा गराइयो । अनि दरबारले स्वच्छ छवि भएका नागरिकले प्रधानमन्त्रीका लागि दर्खास्त हाल्नु भनेर विज्ञापन नै प्रकाशित गर्‍यो । 

यसबीच राजनीतिकरुपमा जे जस्ता खेल भए पनि राजा ज्ञानेन्द्र संसदवादी र माओवादीलाई एक अर्काको त्रास देखाएर २०४७ सालमा गुमेको आफ्नो अधिकार पुनःस्थापित गर्ने रणनीतिमा थिए । संसद्वादी दललाई कमजोर बनाएर माओवादीलाई हात लिन दरबारले दूतहरू परिचालन गरेको थियो । जननिर्वाचित सरकारलाई बर्खास्त गरी आफू खुसी सरकार बनाउने र विघटन गर्ने राजाको कदमलाई प्रतिगमनको संज्ञा दिँदै आन्दोलनरत संसद्वादी दलभित्र पनि सत्ताको होडबाजी चलिरहेकै थियो । 

sarbottam cement

प्रधानमन्त्री थापाले राजीनामा गरेपछिको कुरा हो । नेकपा (एमाले)ले प्रधानमन्त्री पदमा दाबी गर्दै महासचिव माधवकुमार नेपालले दरबारमा निवेदन हाले । राजाले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए । एमाले प्रतिगमन आधा सच्चिएको निष्कर्ष निकालेर सरकारमा गयो । 

यस घटनाले प्रतिगमन विरुद्ध संसद्वादी दलले चलाएको आन्दोलनमा चिसो पानी खन्याए झँै भयो । तिनताका राजा र माओवादी नजिकिँदै थिए । यस प्रसंगमा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले लेखकलाई सुनाएका छन् — ‘राजा ज्ञानेन्द्रसँग मेरो कहिल्यै सिधा ‘फेस टु फेस’ कुरा भएन । देउवालाई असक्षम भनेर बर्खास्त गरेका राजा ज्ञानेन्द्रले फेरि उनैलाई प्रधानमन्त्री बनाएपछिको कुरा हो । मैले एउटा वक्तव्य दिएको थिएँ अब नोकरसंग वार्ता गरेर केही अर्थ भएन । मालिकसँगै गरिन्छ । त्यसपछि हाम्रा प्रतिनिधि र दरबारबीच निरन्तर संवाद सुरु भयो ।’ 

राजा र अध्यक्ष दाहालबीचको सम्पर्क सूत्र थिए — दुईपटक सरकारसँग वार्ताको टेबलमा बसिकेका माओवादी नेता कृष्णबहादुर महरा । राजासँग भएका संवाद बारे अध्यक्ष दाहाललाई रिपोर्टिङ गर्न उनलाई भ्याइनभ्याई थियो । 

यस सन्दर्भमा माओवादी नेता महराले लेखकलाई सुनाए — ‘दरबारका मान्छे हौँ । राजासँग भेटेर आयौँ भन्थे । रामबहादुर थापा र मैले उनीहरुसँग धेरैपटक राजालाई भेट्नु पर्‍यो भन्यौ तर पाएनौ ।’

राजाका प्रतिनिधि र माओवादीबीच विभिन्न चरणमा कुरा भयो । महराले सुनाए — ‘हामीले राजा ज्ञानेन्द्रलाई सन्देश पठायौँ । तपाइँ गद्दी छोड्नुहोस् या त शक्ति । गद्दी छोडेर निर्वाचन आउनुभयो भने हामी तपाइँलाई मुलुकको पहिलो राष्ट्रपति बनाउछौँ । होइन गद्दी नछोड्ने हो भने सेनाको सर्वोच्च कमान्डर छोड्नुस् । शाही नेपाली सेनालाई निर्वाचित सरकारको मातहतमा ल्याउन सहयोग गर्नुहोस् । तपाईँलाई संवैधानिक राजाको रुपमा स्वीकार गर्न हामी तयार छौँ ।’

दरबारका प्रतिनिधिहरु भन्ने गर्थे — ‘सहमतिको विषयमा तपाइँहरु आफैँ राजासँग कुरा गर्नुस् । हामी भेटको तारतम्य मिलाउछौँ । बरु राजालाई भेट्दा एउटा टोपी चाहिँ लगाइदिनु होला ।’ त्यति बेला महरासँग टोपी थिएन रे । उनले भनेका थिए रे — ‘टोपी त किनौला, कुन ठूलो कुरा भयो र ।’ 

राजासँग आज भेट हुन्छ, भोलि हुन्छ भने जसरी संवाद चलिरहेको थियो । हरेक दिनजसो कुन बेला दरबारबाट खबर आउला र हिडौँँला भनेर महरा टोपी लगाइवरी तयारी अवस्थामा बसेका हुन्थे । फेरि दरबारका प्रतिनिधिको खबर आइपुग्थ्यो — ‘अहिले मिलेन अर्को दिन खबर गछौँ ।’

त्यसबीच अध्यक्ष दाहालले महरामार्फत खबर पाए —‘राजाले प्रस्ताव गरेका छन् । माओवादी र दरबार मिलौँ । संसद्वादी दलका नेतालाई जेल हालौँ । म तयार छु ।’ दरबारको योजनाअनुसार राजा हेलिकप्टरमा ढोरपाटन सिसकार आरक्ष आउने र अध्यक्ष प्रचण्डसँग बसेर सबै कुरा टुङग्याउने तय भयो । अध्यक्ष कमरेड तयारी अवस्थामा बस्नु ।’

दरबारको सन्देश पाएपछि अध्यक्ष दाहाल राजासँग के कस्ता एजेन्डा लिएर वार्ताको टेबलमा कसरी प्रस्तुत हुने भन्ने तयारी गर्न थाले । दाहालले लेखकलाई सुनाएअनुसार उनी सोची सोची वार्तामा राख्ने विषय वस्तु डायरीमा नोट गर्न थालिसकेका थिए । 

यस प्रसंगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लेखकलाई सुनाए — ‘प्रचण्डजी राजासँग सम्झौता गर्दा अधिकार पाइन्छ भने लिँदा हुन्छ भन्नेमा हुनुहुन्थ्यो । ढोरपाटनमा राजासँग भेट्ने कुरा भएको प्रचण्ड आफैँले मलाई सुनाउनु भएको हो । त्यस बेला उहा“ राजासँग मिलेर सत्तामा पुग्न खोजेको बझ्थे म । हामी दुवै भूमिगतरुपमा छुट्टाछुट्टै बस्थ्याैँ । एक दिन बेलुका अचानक मलाई फोन गरेर  भन्नुभयो — राजाबाट यस्तो प्रस्ताव आयो । वार्ता गर्ने, मिलेर जाने सम्भावना भयो । दुई सेना मिलाउने र सत्ता बाँडफाँट गर्ने र हामीले पनि राजालाई स्थान दिने भनी सकेपछि त यो पूरै रायमाझीको अवतार भयो भनेर मैले भने यो त एकदमै गलत हुन्छ ।’ 

प्रचण्डको कुरा सुनेपछि आफ्ना सहयोगी डोरप्रसाद उपाध्याय (पूर्वसांसद) लाई बाबुरामले थिए — ‘प्रचण्डले राजसँग मिल्ने कुरा गर्नुभयो । यो सर्वथा गलत हुनेछ । हामी मारिने सम्भावना पनि हुनसक्न्छ । म मरेछु भने पनि इतिहासमा तपाइँले यो रकेर्ड राख्नु होला ।’ माओवादी छोडेपछि संसद् परिसर सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा लेखकसँग लामो कुरा गर्दै भट्टराईले भनेका थिए — इतिहासका यस्ता विषयमा तपाईँले कलम चलाइरहनु भएको छ । अझै प्रयास गर्नुस् मेरो पूर्ण सहयोग हुन्छ ।

त्यसबेला माओवादीमा प्रष्ट दुई धार थिए । राजासँग वार्ता गरी सत्तामा जाने पक्षमा अध्यक्ष प्रचण्ड र दलहरुसँग सहकार्य गरी गणतन्त्रमा जानुपर्छ भन्ने बाबुराम पक्ष । विसं २०६१ माघको कुरा हो । रुकुमको लाहवाङ सम्पन्न माओवादी पोलिटब्युरो बैठकले पा“च दिनको गरमागरम बहसपछि राजासँग वार्ता गर्ने निर्णय पारित गर्‍यो । गणतन्त्र पक्षधर बाबुराम भट्टराईलाई ‘भारतपरस्त गद्दार’ को आरोप लगाउँदै साधारण सदस्यतामात्र रहने गरी माघ १७ गते अनिश्चितकालका लागि निष्कासन गरियो । 

त्यस प्रसंगमा भट्टराईले लेखकलाई सुनाए — ‘मैले त्यही बला भनेको थिएँ ममाथि लगाइएको आरोप प्रमाणित भए जनमुक्ति सेनाकै एउटा गोलीले उडाइदिए हुन्छ ।’ जबाफमा दाहाल पक्षधर जनसेनाका कमान्डर नेताहरु भन्थे — गद्दारलाई जनसेनाको गोली खर्चिइँदैन ।

तिनैताकाको कुरा हो रिपोर्टिङका सिलसिलामा एक दिन म नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगञ्जस्थित निवासमा पुगेको थिएँ । त्यो दिन कोइरालाले — भने राजा र माओवादीको बन्दुक मिल्यो भने हामी प्रजातन्त्रवादी त सकिन्छौ नि । राजा र माओवादीबीच वार्ता भइरहेको समाचार आइरहेका छन् । राजाले माओवादीसँग प्रस्ताव राखेका छन् रे — तिमी र हामी मिलाैँ । संसद्वादी दलका नेताहरुलाई म भ्रष्टाचारको आरोपमा थुनिदिन्छु । 

मैले कोइराला त्यसरी रिसाएको कहिल्यै देखेको थिइन । 

माओवादी नेता बाबुराम भट्टराईले ती दिन स्मरण गर्दै लेखकलाई सुनाए जब प्रचण्डजीलाई राजासँग कुरा मिल्छ भन्ने विश्वास भयो म, दीनानाथ शर्मा र हिसिला यमी (भट्टराई पत्नी) लाई कारबाही गरी छापामारहरुको घेरामा राखियो । 

राजाले २०६१ माघ १९ गते सैनिक ‘कु’ मार्फत मुलुकको शासनसत्ता आफ्नो हातमा लिए । त्यो दिन बिहानसम्म पनि अध्यक्ष प्रचण्ड राजाले सकारात्मक संकेत दिने आशामा रेडियोमा कान लगाएर बसेका थिए ।’ तर उनको अपेक्षाविपरीत देउवा सरकार विघटन गरी राजाले कार्यकारी अधिकार आफ्नै हातमा लिएको घोषणामात्र गरेनन्, माओवादीलाई बाटो बिराएका अपराधी भनेर सम्बोधन गरिदिए । अनि बल्ल प्रचण्ड झल्याँस्स भए ।’ त्यति बेलासम्म माओवादीभित्र खुलेआम ‘प्रचण्डलाई दरबार परस्त र बाबुरामलाई भारत परस्तको आरोप लगाउने’ होडवाजी सुरु भइसकेको थियो । 

यो घटनापछि राजासँग मिलेर सत्तामा जाने अध्यक्ष प्रचण्डको सपना तुहियो । 

राजाले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरी देशभर संकटकाल लगाए । प्रमुख दलका शीर्ष नेता घरमै नजरबन्द गरिए । संचारगृहमा सेना तैनाथ गरेर सेन्सर हुन थाल्यो । माओवादीसँग नरम व्यवहार गर्दै आएका राजा अब सैनिक समाधान गरेर आफू सर्वशक्तिवान हुने पक्षमा गइसकेका थिए । 

पूर्वप्रधानमन्त्री दाहालले लेखकलाई सुनाए — ‘त्यति बेला राजाले ‘कु’ नगरी हामीसँग वार्ता गरेको भए इतिहास अर्कैतिर जानसक्थ्यो । कुनै स्वरुपको राजतन्त्र रहन पनि सक्थ्यो ।’ तर, राजाले संसद्वादी र माओवादी दुवैलाई धोका दिए जसले संसद्वादी दल र माओवादी शक्तिलाई एक ठाउँमा उभ्याई दियो । 

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, मंसिर ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्