site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कँडेल समूहलाई दाहालको जवाफ– जे गर्नुभयो राम्रो गर्नुभएन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवादले पार्टीलाई राम्रो नगरेको बताएका छन् । कर्णालीबाट आएका नेताहरुसँग शुक्रबार भएको भेटमा उनले यस्तो बताएका थिए । कर्णाली प्रदेशका नेता यामलाल कँडेलले पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीका बारेमा जानकारी गराएका थिए । उनले संघीयताको मर्मविपरीत केन्द्रको हस्तक्षेप मान्य नहुने पनि बताएका थिए ।

जवाफमा अध्यक्ष दाहालले भने, “पार्टीमा अल्पमत र बहुमतको कुरा हुँदैन । समझदारीमा अघि बढ्नुपर्ने हुन्छ । यहाँ स्थायी कमिटीले पनि निर्णय गरेको थियो तर तपाइँहरुले हतार गर्नुभयो । जे गर्नुभयो त्यो राम्रो भएन ।” छलफलमा सहभागी नेता मायाप्रसाद शर्माले पार्टीमा दुवैथरी मिलेर अघि बढ्नुपर्ने विषयमा कुराकानी भएको बताए ।

दाहालको भनाई उद्धृत गर्दै उनले भने, “अहिले छलफल गर्दै गरौँ, हामी दुई अध्यक्ष मिलेर यसको निकास दिन्छौं ।” कँडेल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेश सरकारमै विवाद बढेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १६:४९
प्रतिक्रिया दिनुहोस्