राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए ।
सोही रिटको सुनुवाइ गर्दै न्यायाधिश डा आनन्दमोहन भटराईको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७ १७:४१
प्रतिक्रिया दिनुहोस्