site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सभापति देउवाको सचिवालयमा कार्यरत एकजनामा कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सचिवालयमा कार्यरत ती कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बूढानीलकण्ठ स्रोतले पुष्टि गरेको छ ।

सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सभापति देउवा पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । बूढानीलकण्ठ स्रोतले उनको स्वाब परीक्षणका लागि चिकित्सकसँग परामर्श भइरहेको पनि जानकारी दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सभापतिसँग नजिक रहेर काम गर्दै आएका सचिवालयका एक जनालाई संक्रमण देखियो । त्यस कारण उहाँ पनि कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुहुने नै भयो,” बूढानीलकण्ठ स्रोतले भन्यो, “डाक्टरहरुसँग परामर्श गरिरहेका छौं । सम्भवतः भोलिसम्म सभापतिज्यूको स्वाब संकलन गरेर परीक्षण हुन्छ ।”

सचिवालयका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि सभापति देउवा होम क्‍वारेन्टिनमा बसेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्