site stats
बाह्रखरी :: Baahrakhari
देश
गोंगबु हत्याकान्ड : हत्या आरोपमा चितवनबाट एक महिला नियन्त्रणमा
Argakhachi Cement Island Ad

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा कृष्णबहादुर बोहोराको हत्यापछि फालेको आरोपमा अनुसन्धानका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनबाट ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीका एक उच्च अधिकारीले बताए । आइतबार बिहान बोहराको शरीरको भाग सुटकेशमा तथा टाउको र खुट्टा झोलामा फेला परेको थियो । 

हत्या गरिएका बोहोरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्दै आएको खुलेको छ । उनको हत्याको कारण अहिल्यै खुलिनसकेको प्रहरीले जनाएको छ । 

प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएकी महिला गोंगबुमा भाडामा बस्दै आएकी थिइन् । घटनाअघि मृतक बोहोराको ती महिलाको सम्पर्कमा रहँदै आएको खुलेको छ ।  बोहोरा भने एउटा होटलको कोठा भाडामा बस्दै आएको खुलेको छ । प्रहरीले आधिकारिक रुपमा भने घटनाबारे बोल्न मानेको छैन ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  २०:५१
प्रतिक्रिया दिनुहोस्