site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रोत्साहन प्याकेजमा ‘गलिभर इफेक्ट’ देखिएला ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राज्यले कोरोनाभाइरस जोखिमलाई ध्यानमा राख्दै आह्वान गरेका लकडाउनका कारण नेपालको आर्थिक पाटो अनिश्चित भएको छ भने अर्थतन्त्र शिथिल र स्थिर बनेको छ ।

कोभिडले देशलाई शिथिल बनाउँदा अर्थतन्त्र नराम्ररी थिचिन पुगेको छ ।

यसरी खसेको अर्थतन्त्र कुन आकार लिएर उकासिएला भन्ने छलफलको विषय बनेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

थेचारिएको अर्थतन्त्रलाई चाँडै नै पुरानो आकारमा ल्याउन आवश्यक रहेको जानकारहरु दाबी गर्छन् । त्यसका लागि राज्यले गर्नुपर्ने पहिलो काम हो, राहत र प्रोत्साहन प्याकेजको व्यवस्था ।

सरकार राजस्व परिचालनमा यो वर्ष चुके पनि उचित समय आएपछि लक्ष्यबमोजिम सफल हुन्छ । यसका लागि नीतिगत व्यवस्थामाथि संशोधन गर्न सक्छ । तर, राज्यको छत्रछायाँमा रहेको निजीक्षेत्र यसै पुरानो अवस्थामा मुस्किल हुन्छ । यस अवधिमा यो क्षेत्रले सीधा गुमाएको लगानी र ‘अपरच्युनिटी कस्ट’, दुवै उनीहरुका लागि बोझ बन्न सक्छ ।

Royal Enfield Island Ad

यसकारण राज्यले आफ्नो दुईतिहाइ हिस्साको साझेदारबाट साथ नपाउन सक्छ । यही क्षेत्रलाई यथावत् अवस्थामा राखिराख्न राज्यले राहत र प्रोत्साहन प्याकेजको व्यवस्था गर्न जरुरी छ । तर, राहत प्याकेज कुन मात्राको ल्याउने ? त्यसमा के के विषय समेटिने ? अझै बहसका विषय छन् ।

राज्यको नीति तथा कार्यक्रममा नै राहत र स्टिमुलस प्याकेज ल्याउने भन्ने नलेखिँदा नीति तथा कार्यक्रम निर्देशित बजेटले निजीक्षेत्रको माग समेट्ला ? भन्ने प्रश्न उठेको छ । 

यसअघि बैंक, घरबेटीलगायतलाई राहत दिन लगाएर एजेन्सीजस्तो भूमिका निभाएको सरकारले उनीहरुका लागि के सोचेको छ ? सबैजना यसको पर्खाइमा छन् ।

यता, छिमेकी मुलुकको आर्थिक गतिविधिको प्रभाव नेपालको आर्थिक नीतिमा विगतदेखि नै पर्दै आएको छ । 

आर्थिक गतिविधि जोडिएको छिमेकी ठूलो अर्थतन्त्र (उदाहरण : भारत )को प्रभाव सानो अर्थतन्त्र (उदाहरण : नेपाल)को आर्थिक नीतिमा देखिनुलाई आर्थिक नीतिमा ‘गलिभर इफेक्ट’ भनिन्छ ।

भारतले अर्थतन्त्र आकार (कूल गार्हस्थ उत्पादन)को १० प्रतिशत बराबरको स्टिमुलस प्याकेज घोषणा गरिसकेको छ । यसअर्थमा नेपालले पनि आफ्नो कूल ग्राहस्थ उत्पादनको १० प्रतिशत वा त्यसको हाराहारीमा पुग्ने गरि प्रोत्साहन प्याकेज ल्याउनेमा जानकार ढुक्क छन् ।

त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. रमेश पौडेल बजेटबाट स्टिमुलस प्याकेज आउनुपर्ने बताउँछन् । दक्षिण छिमेकीले जीडीपीको १० प्रतिशत स्टिमुलस प्याकेज घोषणा गरेको उल्लेख गर्दै उनले बाह्रखरीसँग भने, “आर्थिक नीति बनाउन हामीले भारतको मोडलको अधिकांश पक्ष फलो गर्ने गरेका छौं । ठूलो देशको अर्थतन्त्रको प्रभाव साना अर्थतन्त्रमा पर्दछ । मेरो अपेक्षा अनुसार कम्तिमा १० प्रतिशतको राहत प्याकेज आउला ।” 

उनले राहतको नीतिमा गलिभर इफेक्ट देखिने विश्वास व्यक्त गरे ।

यसअघिको प्रारम्भिक राहत के–कति लागु भएको आफूलाई हेक्का नभएको जिकिर उनको छ । पौडेलले भने, “सरकारले अरुलाई छुट दिन आह्वान ग¥यो, आफूले दिएन ।”

के हो गलिभर इफेक्ट ?

‘गलिभर’ एउटा चलचित्रको नाम हो जसमा ठूलोको प्रभाव सानोमा रहन्छ, ठूलो सानाको लागि रक्षात्मक हुन्छ र सानो आफ्नो क्षेत्रमा छुट्टै अस्तित्व बोकेको हुन्छ भन्ने देखाइएको छ ।

गलिभरका यात्रा कथामा ऊ लिलिपुट नाम गरेको एउटा सानो टापुमा पुग्ने, त्यहाँ आफूभन्दा साना मान्छे तर आफ्नै अस्तित्व भएका मान्छेले राज गर्ने देखाइएको छ । र, गलिभरकै वरिपरी सो सानो राज्यको योजना घुम्ने देखाइएको छ ।

रोबार्ट मुन्डेलले सन् १९६८ मा ‘गलिभर इफेक्ट’ पहिलोपल्ट उल्लेख गरेका थिए ।  जुन विषयमा १९८८ मा मारियो ब्लेजरले नेपालसहितको व्यापार नीतिमा केस स्टडी गरे । 

ब्लेजरले नै नेपालको उदाहरण दिँदै व्यापार नीतिमा गलिभर इफेक्ट हुने सिद्ध गरे । गलिभर इफेक्टलाई विकास अर्थशास्त्रमा भित्र्याए । तर उनले प्रयोग गरेको भाषा अर्थशास्त्रभन्दा अन्य क्षेत्रबाट आएका नीतिनिर्माताले नबुझ्ने खालको थियो र प्राविधिक शब्द प्रयोग गरिएको थियो ।

गलिभर इफेक्टका बारेमा सह–प्राध्यापाक पौडेलको अध्ययन

सह–प्राध्यापक पौडेलले सोही सिद्धान्तलाई बुझिने भाषामा उतारे । उनको पेपरमा गलिभर इफेक्ट व्यापारमा मात्र नभएर आर्थिक नीतिमा पर्ने उल्लेख छ ।

विश्वका तीनवटा भुपरिवेष्ठित मुलुकहरुको अध्ययनका आधारमा तयार पारिएको पेपर एनालाइसिसमा बोत्स्वानामा दक्षिण अफ्रिका, लाओसमा थाइल्यान्ड र नेपालको आर्थिक नीतिमा भारतको प्रभाव पार्ने उल्लेख छ ।

यसको अर्थ आर्थिक नीतिमा भारतको प्रत्यक्ष प्रभाव छ । किनकि, नेपालको विनिमय दर भारतसँग स्थिर छ । दुईतिहाइ भन्दा बढी वैदेशिक व्यापार भारतसँग छ । यसको आधारमा नेपालको मुद्रास्फीति दर झन्डै भारतको बराबर नै हुने गरेको छ ।

पौडेलले नेपालको अर्थतन्त्रमा भारतको कसरी प्रभाव पर्छ प्रमाण तथ्यांकमा प्रस्तुत गरेका छन् । सन् १९६५ देखि २०१० को तथ्यांकअनुसार दुई देशको कन्जुमर प्राइस इन्डेक्स (उपभोक्ता मूल्य इन्डेक्स) एउटै दरमा उकालो लागेको छ । ब्याजदर नियामकीय भिन्नताले केही फरक छ । स्थिर विनियम दरका कारण मुद्राको मूल्यांकन एउटै दरमा तलमाथि भएका देखिन्छ ।

सो अध्ययनले भुपरिवेष्ठित देशमा छिमेकी ठूला अर्थतन्त्रको प्रभाव रहने पुष्टि गर्दछ ।

के भन्छन् पौडेल ?

अर्थतन्त्रको नीति, त्यसमा पनि विशेष गरी मौद्रिक नीति हेर्ने तीनवटा क्षेत्र, मुद्रास्फीति, ब्याजदर र विनियम दर हुन् । विनिमय दर भारतसँग स्थिर छ । हाम्रो अर्थतन्त्र सानो र वैदेशिक व्यापार (आयात)को आकार सानो भएको, त्यसमा पनि अधिकांश व्यापार भारतसँग हुने भएकाले वस्तु तथा सेवाको मूल्य पनि भारतको भन्दा खासै फरक हुँदैन ।

ब्याजदर नेपालको अलि बढी स्वतन्त्र छ । नेपालको केन्द्रीय बैंकको नियमन भारतको भन्दा केही फरक छ । यहाँका निर्देशन भारतको भन्दा फरक आउँछ । नेपालको मौद्रिक नीति पनि मुद्रास्फीति नियन्त्रण गर्ने किसिमको हो । यसमा भारतको प्रभाव कमै देखिन्छ ।

यस हिसाबमा अध्ययनले भारतको अर्थन्त्रको असर नेपालको आर्थिक नीतिमा परेको देखिन्छ । पौडेल भन्छन्, “छिमेकी ठूलो अर्थतन्त्रको असर सानो अर्थतन्त्रमा पर्छ । सानो अर्थतन्त्र भुपरिवेष्ठीत छ भने झनै बढी देखिन्छ ।” 

नेपालझैं बोत्स्वाना र लाओसमा पनि उस्तै प्रभाव रहेको छ, छिमेकी ठूला अर्थतन्त्रहरूको ।

नेपालको अधिकांश वैदेशिक व्यापार (आयात) भारतबाट हुने, सांस्कृतिक रुपमा भारतसँग बढी मिल्ने भएका कारण यहाँ भारतको नीतिको प्रभाव हुने गरेको छ ।

नेपालले पनि १० प्रतिशत स्टिमुलस प्याकेज घोषणा गर्ला ?

भारतले जीडीपीको १० प्रतिशत स्टिमुलस प्याकेज घोषणा गरेका कारण नेपालल पनि त्यसको नजिक नजिकको प्याकेज घोषणा गर्नेमा पौडेल ढुक्क छन् । निजीक्षेत्रले पनि कम्तिमा ५ प्रतिशत प्रोत्साहन प्याकेज माग गरेका छन् । निजीक्षेत्रका छाता संठनहरुले त सरकारलाई छुट्टाछुट्टै सुझाव पेस गरिसकेका छन् । जसमा पुनर्कर्जा, ब्याजदर, करका विषयमा पनि हेरफेर गर्न आग्रह गरिएको छ ।

राहत नदिए निजीक्षेत्रले सरकारलाई सहयोग गर्ने छैनन् : क्षेत्री

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री विगतको राहत प्याकेज निकै प्रारम्भीक रहेका कारण कसैले लाभ नपाएको दाबी गर्छन् ।  उनले भने, “विद्युतमा महसुल घटाउने, घरपतिलाई डेराभाडा नलिइदिन अनुरोध गर्ने । यसलाई राहत भनिँदैन ।”
अरु मुलुकले कुल गार्हस्थ उत्पादनको १० देखि २१ प्रतिशतसम्म राहत तथा स्टिमुलस प्याकेज घोषणा गरिएको बताउँदै उनले थपे, “हामीले अरुसँग तुलना गरेर त हुँदैन । तर, बजेटले राहतको कुरा उठाएन भने निजीक्षेत्रले सरकारलाई थप सहयोग गर्ने छैनन् । जबकि अर्थतन्त्रमा ७० प्रतिशत क्रियाकलाप निजीक्षेत्रको छ ।”
यदी उनीहरुले राहतको अभावमा विविध क्रियाकलाप सञ्चालन गर्ने जाँगर चलाएनन् भने अर्थतन्त्रमा ठूलो चुनौती आउने दाबी उनले गरे । 
यस अर्थमा बजेटमार्फत् प्राथमिक चरणमा सरकारको राहत प्याकेज घोषणा गर्ने र अध्ययन जारी राख्नुपर्ने उनको बुझाइ छ । क्षेत्रीले भने, “अध्ययनपछि सरकार, उद्योगपति वा श्रमिकको योगदान के कति हुने निर्क्यौल गर्न सकिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro